निर्देशक बिष्णु भट्टराइमाथि कलाकार झुक्याएको आरोप
चलचित्र माइ ब्रर्दर का लेखक तथा निर्देशकले झुक्याएको चलचित्र माइ ब्रर्दरका कलाकारले आरोप लगाएका छन । चलचित्र माइ ब्रर्दर र निर्देशक र कलाकार अन्जु थापा बिच बिबाद बढ्दै गएको छ । सिटिजन एफ एम को कार्यक्रम फिल्मी बहसमा बोल्दै कलाकार अन्जु थापाले झुट बोल्ने भन्दै बिष्णु भट्टराइ माथि जाइ लागेकि लागेकि छिन ।
कलाकार थापाका अनुसार चलचित्र मा एउटा रोल भनेर चलचित्रमा अभिनय गराएको तर डबिङ सकिएपछिमात्र आफ्नो रोल नकारात्मक रहेकेा थाहा पाए पछि उनि निर्देशक भट्टराइ प्रति रुष्ट बनेकि छिन । यता निर्देशक भट्टराइ भने आफूले रोलको बारेमा सवै सम्झाएर मात्र अभिनय गराएको दाबि गरेका छन । चलचित्र हेरि सके पछि आफूलाइ दर्शकले जुत्ता चप्पल ले हान्न सक्ने भन्दै अन्जुले आफ्नो रोल प्रति आपत्ती जनाएकि छिन । निर्देशक भट्टराइ भने दर्शकको मनमा बस्न सक्ने रोल भएको दाबि गरेका छन र आफूले अन्जुलाइ झुक्याएको नभइ अन्जुले कुरा बुझ्न नसकेको बताएका छन । निर्देशक भट्टराइ ले अन्जुलाइ बुझ्न नसकेको भनेपछि कलाकार अन्जुले निर्देशक भट्टराइलाइ बुझाउन नसकेको भनि रोल बुझाउन नसक्ने निर्देशक भनेकि छिन ।
हास्य टेलि श्रृंखला मेरिवास्सैमा कमेडि रोल गर्दै आएकि अन्जुलाइ सानो पर्दानै राम्रो लागेको बताएकि छिन । निर्देशक र कलाकारको यो बिबादले कुन रुप लिने हो र चलचित्र माइ ब्रर्दर लाइ कस्तो असर पर्ने हो यो भने हेर्न बाकि नै छ । फरक धारमा निर्माण गरिएको चलचित्रको सो रोलको लागि करीब २५ जना युवती आएका तर सबैले स्टोरी सुनेपछी सबैजना भागेपछी अन्जु थापा अनुबन्धित भएकी थिईन , अन्जुले कथा सुनेको तर कथा तिर भन्दा धेरै ध्यान पैसा गन्न तिर भएकै कारण कस्तो रोल गर्दैछु भन्ने कुरामा ध्यान नगएकै कारण बिष्णु भट्टराई लाइ अनाबस्येक आरोप लगाएको निर्देशक को भनाई छ , असोज १९ गते रिलीज मा आउने चलचित्र माइ ब्रदर मा त्यस्तो अनौठो कुरा के रहेछ त्यो त सिनेमा घर पुगेपछि मात्र थाहा हुनेछ ,
