नेपाल पत्रकार महासंघ यूएई शाखाको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
कृष्ण बि.क,युएई,सेप्टेम्वर २१ शुक्रबारका दिन दुबईको बरदुबईमा अवस्थिति एभरेष्ट होटलमा नेपाल पत्रकार महासंघ यूएई शाखाको एक दिवशिय पत्रकारिता तथा भाषालेखन प्रशिक्षण कार्यक्रम श्री शंकर ज्ञवाली,को अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ यूएई शाखाको अधिवेशनको पुर्व सन्ध्यामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपालदेखि उक्त कार्यक्रमलाई प्रशिक्षण दिनको निम्ति पाल्नुभएका कान्तिपुर पव्लिकेशनका श्री अखण्ड भन्डारीले नेपाली भाषा र यसको पत्रकारीतामा प्रयोग सम्वन्धमा प्रष्ट पार्नुभएको थियो भने अर्का अतिथि उज्यालो नेटर्वकका संचारकर्मी सुनिल न्यौपाने तथा श्री कृष्ण गुरागाँइले संचारको महत्व र उज्यालो नेटवर्कले खेलेको भुमिका प्रति आफनो धारणा प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी अर्का अतिथि नेपाली समन्ब्य समितीका अध्यक्ष महेन्द्र पाण्डेले प्रवासी भूमिमा रहेर पत्रकारिताको भूमिका निभाउनु अतिनै चुनौतीपूर्ण हुनेभएकाले सबैसंग हातेमालोगरी समस्याको समाधान गर्नुपर्ने आफनो धारणा प्रस्तुत गर्नुभएको थियो।
उक्त तालिमबाट पत्रकारिता तथा भाषिक ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको सहभागि (अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष)श्री राजु खडकाले बताउनुभयो । कार्यक्रममा करिव ४० जना सहभागि रहेको उक्त कार्यक्रम नरेश गिरिले सन्चालन गर्नुभएको थियो ।तालिममा सहभागिहरुलाई प्रमाण प्रत्र बितरन गरिनुको साथै दिवा भोजको पनि ब्यबस्था गरिएको थियो ।


