|

सुर्खेत समाज युएईद्धारा आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग

लालबहादुर ढेंगा, दुबई, युएई - वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित कार्यरत सुर्खेतवासीहरुको पहलमा विगत केही महिना पहिला मात्र स्थापना गरिएको सुर्खेत समाज युएईले सुर्खेतको गर्पन गाविस वार्ड नं.५ मा बसोबास गर्ने हरिलाल छन्तेल र सन्तबहादुर छन्तेलको गत १५ जुनका दिन घर आगलागीबाट नष्ट भई घर विहिन हुन पुगेका पीडित दुई परिवारका लागि राहत स्वरुप आर्थिक संकलन गरी ने.रु.९० हजार ३५० रुपैयां सहयोग गरेको छ ।


सो रकम गत २७ जुलाई शुक्रबारका दिन सुर्खेत समाज युएईका सहसचिव ढालबहादुर छन्तेलले नेपाल घर बिदामा गएको अवसरमा पीडित परिवारलाई हस्तान्तरण गरेको हो । पीडित हरिलाल छन्तेल र सन्तबहादुर छन्तेल विगत केही बर्षदेखि युएईमा कार्यरत छन् भने सुर्खेत समाज युएईका सदस्य पनि हुन । समाज स्थापना भए लगत्तै धेरै कार्यहरु भएको र आगामी दिनहरुमा अझै सशंक्त ढंगले सामाजिक कार्यहरुलाई अगाडि बढाउने कुराको जानकारी सुर्खेत समाज युएईका अध्यक्ष हस्तराज दर्लामी मगरले दिए ।

यसअघि पनि युएईको उमलक्युनमा कार्यरत भिमबहादुर छन्तेलको असामयिक निधन भएकोले उनको परिवारको आर्थिक स्थिति धेरै नाजुक र कष्टकर अवस्थामा रहेकाले मृतकाका परिवारलाई राहतका लागि सबै सुर्खेतीवासीहरुले मिलेर ने.रु.२ लाख ५३ हजार आर्थिक संकलन गरी सहयोग गरेका थिए । यस्ता खाले कार्यले केवल सहयोग मात्र नभएर एक आपसमा भाईचारा र सत्भावको बिकासमा पनि बृद्धि हुने गर्दछ ।

समाजका अध्यक्ष दर्लामी मगरले यस आगलागी पीडित परिवारको आर्थिक संकलनमा सहयोग पुर्‍याउने व्यक्तिहरु क्रमश: नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगा, सुर्खेत समाज युएई परिवार, सुर्खेत समाज युएईको क्षेत्रीय समिति उमलक्युन, नवाङ शेर्पा–अल फलाज ईक्सचेन्ज शारजाह र सोमै भाई समूह कपिलवस्तु युएईलाई बिशेष धन्यबाद समेत दिनु भएको छ ।
 

Posted by Butwalonline on 7:20 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुर्खेत समाज युएईद्धारा आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग"

Leave a reply