|

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको पहिलो बैठक सम्पन्न


विजय दमासे,अर्घाखाँची,श्रवण १५ -क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको पहिलो बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष विजय दमासेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले हालको ११ सदस्यिय कार्यसमितिलाई महासंघका अध्यक्ष दमासेकै संयोजगत्वमा पहिलो जिल्ला सम्मेलन आयोजक समितिको घोषणा गर्ने निर्णय गरेको छ । उक्त बैठकले प्रेस चौतारी नेपाल जिल्ला कार्य समितिको संचिव पद परित्यग गरि क्रान्तिकारी पत्रकार महासंघमा प्रवेश गरेका संचारकर्मि अर्जुन भूषाललाई स्वागत समेत गरेको छ ।

क्रान्तिकारि पत्रकार महासंघका केन्द्रिय सदस्य शोभाखर पंथी र केन्द्रिय सदस्य हरि प्रासाद भूषालको विशेष उपस्थितिमा सम्पन्न बैठकले उनलाई जिल्ला सम्मेलन आयोजक कमिटिको सह–संयोजकको जिम्मेवारी समेत दिने निर्णय गरेको बैठक पछि महासंघका अध्यक्ष विजय दमासेले संचरकर्मीहरुलाई जानकारी दिनुभएको छ ।

Posted by Butwalonline on 7:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको पहिलो बैठक सम्पन्न"

Leave a reply