साउदी अरबको सफरजेलमा रहेका नेपालीहरु द्वारा भोकहड्ताल
काठमाडौं, असार २१ - साउदी अरबको दमामस्थित सफरजेलमा रहेका झन्डै चारसय नेपालीले गरेको भोकहड्ताल बुधबारसाँझदेखि तोडेका छन् । गैरकानुनी हैसियत भएका नेपाली घरफिर्न जेल जानुपर्छ ।जेलप्रशासनले आउदो साता तीनसय जनालाई स्वदेश फिर्तागर्ने प्रतिबद्धता जनाएपछि बन्दी नेपालीले भोकहड्ताल तोडेकाहुन् ।
जेल गएका नेपाली कामदारलाई एकमहिनादेखि नपठाएको, घर फर्काउने प्रक्रियामा निकै ढिलासुस्ती गरेको र कोठाको क्षमताभन्दा तेब्बर बन्दी एकैठाँउमा राखेको भन्दै मंगलबारसाँझदेखि 'रोटी' बहिष्कार गरी भोकहड्तालमा उत्रिएका थिए ।
'रोटी' बहिष्कार गरेपछि जेलप्रशासनले निकै गम्भिररुपमा लिएको साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताए । जेलप्रशासन र दुताबासले छिटोभन्दा छिटो जेलबाट कामदारलाई स्वदेश पठाउने प्रक्रिया थाल्ने बताएपछि रोटी खाना थालेका छन् ।सफर जेलमा नेपाली निकै बढीभएपछि बस्न, सुत्न र खाना समेत निकै समस्या छ । 'एकसय जना नअट्ने कोठामा ५ सयभन्दा बढी राखिएको छ |
समाचार कांतिपुर बाट
समाचार कांतिपुर बाट
