|

जिप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते


पर्वत, असार २१- पर्वतको सदरमुकाम कुश्माबजारबाट बाग्लुङ जाँदै गरेको ध १ ज ३२०६ नम्बरको जिप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्|

दिउँसो १ बजेतिर पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत पर्ने पर्वतको पाङ १ सहस्रधारामा दुर्घटना भएको हो। जिपको पट्टाले काम नगरेपछि जिप सडकबाट नालीतर्फ मोडिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा बाग्लुङ नरेठाँटी-२ की कमला नेपाली, नारायणस्थान-९ की अनिता केसी, नरेठाँटी-२ की बालकुमारी विक, नरेठाँटी-२ का शिव नेपाली, अमलाचौर-७ का निगेन्द्र ढकाल, नरेठाँटी-२ की यामकुमारी नेपाली, तारा-९ का पद्म खत्री रहेका छन्। पाला-५ घर भएका जिप चालक कर्णबहादुर विकसमेत घाइते भएका छन्।घाइते सबैको अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते"

Leave a reply