|

राजधानीमै लूटे मास्क लगाएका लुटेराले ६ लाख रुपियाँ


काठमाडौँ, असार २१ - सीतापाइला चोकस्थित राजेन्द्र श्रेष्ठको घरबाट गएराति अन्दाजी ६ लाख रुपियाँ बराबरको धनमाल लुटपाट भएको छ।  गएराति सवा ८ बजे मुखमा मास्क लगाई आएका अपरिचित ४ जनाले ढोका खोल्न लगाई घरमा रहेका ४ जनालाई ट्वाईलेटमा थुनेर लुटेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नगद २ लाख, सुनका गहना १ तोला, आइफोन २ थान, ल्यापटप २ थान र मोतीको हार १ थानसमेत गरी उक्त रुपैयाँ बराबरको धनमाल लुटी फरार भएका हुन्।

त्यसैगरी काठमाडौं महानगरपालिका-१६ खूसिबुस्थित रामेछाप जिल्ला भिरपानी-६ घर भएका सानकुमार श्रेष्ठले संचालन गरेको न्युटेक ईन्जिनियरिङ स्टोर्सबाट नगद ४० हजार र कम्युटर गरी अन्दाजी १ लाख रुपैयाँ बराबरको चोरी भएको छ। त्यसैगरी नजिकै रहेका अन्य २ वटा पसलबाट अन्दाजी ८० हजार रुपैयाँ बराबरको सरसामान गएराति चोरी भएको प्रहरीले बताएको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:15 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजधानीमै लूटे मास्क लगाएका लुटेराले ६ लाख रुपियाँ"

Leave a reply