|

बुटवलमा छुटेको ट्रेन


रमेश न्यौपाने
संस्मरणः अध्ययनको दौरान लामो समय विताएको भएर होला, बुटवल मेरालागि सधै समान्य मात्रै रह्यो । पटकौं पटकका आवात-जावत र लामो बसाईले यो शहर मेरो जीवनको अभिन्न पाटो नै बनेको थियो ।

केही महिनाअघि, वुटवल जाने तरखर चल्दै थियो । टाटासुमोको पर्खाइमा कलंकी चोकमा उभिएको मिनेटौ भइसक्दा पनि ज्यान थाकेको थिएन । मन त्यसै फुरुङ्ग थियो । धेरै पटक पुगियो वुटवल तर मन यति विघ्न फुरुङ्ग यसअघि कहिल्यै भएन । त्यहाँ एउटा राष्ट्रियस्तरको विचार गोष्टीमा युवा अतिथि वक्ताको रुपमा म निम्त्याइएको थिएँ ।

कल्पनाको सरोवरमा रुमलिदै जाँदा अचानक मेरो मानसपटलमा छाएको शुन्यता माईक्रोको हर्नसँगै भंग भयो । सुरुमा बाल दिइन र अघि सरे । माईक्रो मेरै पिछामा लागेजस्तै बढ्यो । मैले कसैको के नै बिगारेको छु र ? डराउने । तै पनि एकपटक फर्केर पछि हेर्छु । माईक्रो खाली लाग्यो । जसले एकछिन अघिसम्म तातेको मेरो पारो अलि हलुका बन्यो । १०-१२ जना अटाउने गाडिमा जम्मा तीन जना प्यासेन्जर ।र् सायद यो वुटवल जान्छ की ?’ डा्रईभरलाई सोध्छु । तर अघिल्तीरै बसेका प्यासेन्जर बाट जवाफ आँउछ र्,जान्छ सर’ । संयोग नै भन्नुपर्छ गाडीमा मेरो पुरानो साथी । बिमल ३ बर्ष अघि अष्टे्रलिया गएको थियो अध्ययनको सिलसिलामा, अहिले फर्किएछ । उसैले रिर्जभ गरेर ल्याएको रहेछ गाडी, घर जान । माईक्रो चढ्दा जहिल्यै पनि मेरो रोजाईमा २ वटा मात्र सिट पर्छन् । पहिलो अघिल्तीर डा्रईभर भएको सिटनेर , अनि दोस्रो अन्तिममा डा्रईभरको लाइनतिरको सीसा भएकोमा । पहिलो सिट प्याक थियो बिमल र उसको वुवा । छोरालाइ एयरपोर्टमा रिसिभ गर्न पुग्नु भएको थियो बुवा । एकछिन त उनीहरु पछिको दोस्रो सिटमा पुगेर गफ गरे । बिगतका घटनाक्रमहरु, स्कुले दिनहरुको सम्झना गर्दा गफियौ । अनि धार्के कटि नसक्दै अघिल्तीर बस्ने निदाँउन थाले छन् । त्यस पछि मेरो पालो । म पनि पछिल्तीरको सिसा छेउमा पुगे । त्यहा एउटी युवती पनि थिईन, गोरो छाला अनि खैरा नयनहरुका गाता सल्बलउदै थिए । रातो सिल्की कपाल स्ट्रेट गरिएको । टिमिक्कको कालो जिन्स अनि टिसर्ट । टिसटको बाउला थिएन । पछि कुराकानीमै थाहा भयो उनि पनि अष्टे्रलियाबाट आएकी रे । बिमलसँगै नजिकै बस्ने रैछन् त्यहाँ । तर उनलाई एयरपोर्टमा रिसिभ गर्न कोही पनि नआएका । चितवन उनको गन्तब्य । “कति नजिक त ? ” मैले मनमनै भनेँ ।

नचिनेको मान्छे । सुरुमै म के जान्ने बनुँ ? के बोल्ने । कसरी बोल्ने ? उनलाई कस्तो कुरामा चाख रहने हो ? त्यसमाथि अझ मेरो लजालु स्वभाव । भै गो म बोल्दिन । मन थाम्न खोजे । तर कहाँ सक्नु । यस्ती सुन्दरीसँग पनि नबोल्ने ? हिम्मत गर्न खोजें । तर सकिन । अन्तत हारंे । मलेखुमा माछा खाने भन्दै गाडी रोकियो । सबै ओलियौँ । खाँदाकै बखत बिमलले परिचय गराईदियो । ँम सुष्मा’ उनको नाम सुन्ने सौभाग्य मिल्यो । अनि मैले नि आफूलाई चिनाउन बेर गरिनर् म रमेश’, अध्ययनको सिलसिलामा काठमाँडौमा छु । परिचय विस्तृत रुपमै भयो । म वुटवल जान लागेको कुरा सबै बताए । हाँस्दै र हसाउदै यात्रा निकै रोचक हुदै थियो । अघिल्तीरको सिटमा बस्नेहरु फेरी निदाए । तीन दिनको अनिदो रहेछ बिमल । हुन त सुष्मा पनि त्यही त हो नी तर पनि ननिदाएकी ।

गफ राम्रै सँग चल्यो ।र् यु आर भेरी रोमान्टिक ‘ उनको अंग्रेजी मैले नबुझे झै गरे ।र् यु हयाभ भेरी गुड सेन्स अफ हयूमर ‘ अर्को बिश्लेषण सुनाइन । यसपटक थ्याङक्यू सम्म भने । यत्तीकैमा उत्रने ठाँउ आयो उनको । फोन नम्बर मागिन,र् आई विल कल यु सुन ।’र् ओके ‘ मैले भनेँ । संवादकै क्रममा हामी एकदिन संगै घुम्न निस्कने सहमति भएको थियो ।

वुटवल पुगियो, साथीको घरमा । रात उसकोमै बसियो । पहिला त सानै थियो तर अहिले दुईतले भैसके छ ।र् पैसा खुबै कमाएछ सालेले’ मनमनै डाढिए । फेरी दुःख पनि त छ नी बिचराको । मलाई यहाँ सबैले चिन्छन, यत्रो कार्यक्रममा अतिथि बनाउँछन, त्यसलाई गरुन न ? चित्त बुझाउन खोजे ।

भोली विहानै आयोजकको सम्पर्कमा पुगे । दुई दिने कार्यक्रम सकियो । म नजिकैको बर्दघाट स्थित आफ्नो घर जाने सोंचमा थिए । त्यो दिन अतिथिलाई रात्री भोज रहेछ हामी बसेकै होटलमा । त्यसैले त्यो दिन त्यतिकै भयो । रातको अचेतना सुरु हुदै गर्दा, मोवाइल बज्यो, चितवनतिरकै नंम्बर । उठाएर् हेलो’ । हेई डिउड ‘ सुष्माकै स्वर । मैलै पहिलो शब्दमै चिने । रात्री भोजमा रमेको मुड अन्यत्रै मोडियो । गफिदा गफिदै आधा घण्टा बितेछ । अब दुई दिन थप म वुटवलमै रोकिने भए । उनी आइपुग्छिन भोलि साँझ सम्म । अनि पर्सी उनलाई वुटवल घुमाउने । उनी समयमै आइन पनि । बसपार्क सम्म लिन गए । आफै बसेको होटलमा ल्याएँ । अर्को एउटा कोठा थपियो । राती दुई घण्टाको गफ -गाफ पछि आ-आफ्नै कक्ष तिर लाग्यौं ।

हरेक पटक वुटवल जाँदा मलाई साह्रै पुगौं पुगौं लाग्ने ठाँउ हो सिद्धबाबा । वुटवलको ऐतिहासिक मन्दिर । यसपटक पनि बिहानै मन्दिर पुगियो , उनीसँग । त्यहाँको ऐतिहासिकताको उनले राम्रै अध्ययन गरिन । भिरालो जंगलमा छ मन्दिर । वुटवलबासीको आस्थाको केन्द्र हो यो । सिद्धार्थ राजमार्गमा चल्ले गाडीका चालकदल र यात्रीले सिद्धबाबाकै आर्शिवाद नलिई यात्रा तय गर्दैनन् ।

वुटवलबाट केहि दुरिमा रहेको यो मन्दिरको दर्शन पछि होटल तर्फ फर्कियो । ट्याक्सीले ५०० माग्यो । मैले ३ वटा सयका नोट निकाले पछि चार सयमा सहमति भयो ।

सुष्माले पैसा निकाल्न खोजेकी थिइन , तर मैले मानिन । केटी मान्छेको खर्चमा हिड्न मलाई साह्रै अपठ्यारो । खर्च बचाउन सक्नु राम्रो त हो ? तर पनि । सिद्धबाबाको त्यो शितल स्पन्दनपछि फेरी होटलकै गुमराहमा पुगियो । खाना खाएपछि एकछिन आराम अनि लागियो फुलबारी । मणिमुकुन्दसेन पार्क । तर त्यहाँ फूलबारी नै प्रख्यात छ । पछि व्यवसायीक तवरले पार्क बनाइएको छ । फुलबारी पुगियो । आहा कस्तो कलात्मकता सुरुमै सुष्माले आश्र्चय मानिन । म हाँसे । मलाई त्यो सब सामान्य लागिरहेको थियो । नजिकको तिर्थ हेला भन्छन , सायद यस्तै होला । दुई घण्टा फूलबारीमै रमियो । माथि टुप्पाबाट सेता हिमाल । नाम मलाई थाहा छैन । उनी रमाइन हिमाल देखेर । म उनलाई हेरेर रमाइरहेको थिए । हिमालयन किङ्गडम नेपाल भनेर धेरै थाहा चर्चा गरेपनि पहिलो पटक हिमाल देखेकी रहिछन सुष्माले । तराइमा हुर्केकी ठिटी । तै पनि बेलाबखत काठमाण्डौंबाट त देख्नुपर्ने हो ।

थाक्दा आरामका लागि थरीथरीका रेष्टुरेन्ट छेवैमा छन् । ती मध्येको एउटामा हामी पस्यौं । उनले वाइन मागिन । केटीहरुले रक्सी खाएको धेरै सुने पनि आँखाले पहिलो पटक देख्दै छु । तर मैले रेड बुल मागे । त्यसमै सन्तोष गरे । अनि उनले पनि डिमाण्ड चेन्ज गरिन र रेड बुलमै पुगिन । मःम र सेकुवा पनि । एकछिन आराम भयो । अनि लागियो हिल पार्कतिर ।

हिलपार्कमा उकालो चढियो काईदाले । उनी थाकिछन क्यारे मेरो दाहिने हात पकड्दै थिइन । मैलै बोक्याँै ? ठट्टा पनि गरे । आराम गर्दै चढ्दै गर्दा टुप्पो सम्म पुग्दा झण्डै डेढ घण्टा लाग्यो । त्यहाँबाट पनि पुरै वुटवल देखिने रहेछ । यो पार्क विशुद्घ जंगल । त्यसैले त नाम पनि छ हिलपार्क । सबै आ आफ्नै तालमा मस्त, अली छेउतिर झाडिमा एउटा युगल जोडी चुम्बनमा माया साटासाट गर्दै थियो । सुष्मा लजाइन । हामी हिडयौ, तर अचानक सुष्माको पनि त्यस्तै प्रस्तावर् त्यहाँ छेउतिर गएर बसौ न’ । म अतालिए । उनको आग्रह नर्कान सकिन र उही हिउमर पारामा प्रस्तुत भए । उनी पनि हासिन मज्जैले । भोलि पाल्पा जाँउ अनि पर्सी लुम्बिनी । नजिकका घुम्ने ठाँउहरुको प्रस्ताव राखिन । तर मलाई समय थिएन । मैले मानिन । पछि जाने सहमतिमा होटलतिरै पुग्यौ । साँझको खानाअघि उनलाई वाईन खान मैले रोकिन । म रमिते मात्र भए । टेवलमा फेस टु फेस भएर बसेका थियौ । वाईनले केही प्रभाव जमाउन थाल्दा नथाल्दै उनी मेरो कुर्सि निरआईन । हात पकड्दै मेरो कपाल सुमसुमाईन । आज केही गलत हुन सक्छ । म तर्किन खोजे । सायद नारायणगोपालले त्यसै गाएनन् होला “गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला, मेरो नजिक नआउ तिमी म मात्तिएको बेला ।” अन्तत उनलाई सम्हालेर उनकै कोठामा पुयाए । म पनि लागे बिस्तारामा ।

वुटवल साच्चैको मज्जाको रहेछ । त्यसअघि जसको अनुभव मैले लिएको रहेनछु । भोलिपल्ट काठमाँडौ र्फकदै गर्दा उनी पनि चितवन सम्मसँगै थिइन् । तर त्यसपछि उनीसंग कहिल्यै सम्पर्क हुन सकेको छैन ।

यात्राकै क्रममा धेरै फोटोहरु खिचियो । सिद्धबाबाको मन्दिर होस या फुलबारी अथवा हिलपार्कमा किन नहोस । तर मलाई एउटा अफसोच भने रहिरहयो, मेरो क्यामरामा सुष्मा कतै थिईनन् । फेरी एकपटक उनीसंग वुटवल घुम्न पाए भने फोटो अबश्य खिच्ने छु । भाई प्रदीपलाई सम्झन्छु । मेरो राशी मकर बताउँदा उसले एकपटक भनेको थियो “मकर राशी हुनेले प्रेममा सधै आफ्नो बिपरीत लिंगीबाटै प्रस्ताव आओस् भन्ने सोच्छन् । त्यसैले उसको जीवनमा हजारौँ ट्रेनहरु त्यसैगरी मिस हुन्छन् ।” सायद मलाई त्यसै भएको हो । मैले सुस्मालाई सधैको लागि एउटा ‘मिस्ट ट्रेन’ को रुपमा सम्झने छु ।
सामग्री सन्दर्भ :साभार ऑनलाइन खबर 

Posted by Butwalonline on 5:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा छुटेको ट्रेन"

Leave a reply