जिपको ठक्करबाट अर्घाखाँचीमा एक बालकको मृत्यु
अर्घाखाँची, असार ९ - सामान बोक्ने जिपको ठक्करबाट अर्घाखाँचीको अर्घा– २ मैदानमा शनिबार बिहान एक बालकको मृत्युभएको छ । अर्घा– १ का ५ वर्षीय बालक अभिषेक परियारको नम्बर नखुलेको सामान बोक्ने जिपले अर्घा– २ को मैदानमा बिहान करिब ९:३० बजे ठक्कर दिँदा मृत्युभएको स्थानीय बासिन्दाले बताएका छन् ।
बालकलाई किचेपछि जिप लिएर चालक फरार भएका छन् । जिप र जिपचालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । रासस
समाचार कांतिपुर बाट