क्लिनिक प्लस पश्चिमाञ्चल अडिसनमा देविका र आयुषा प्रथम
कास्की, असार ९ - देशव्यापी अडिसनका क्रममा युनिलिभर नेपालको लोकप्रिय उत्पादन क्लिनिक प्लस स्याम्पुले पश्चिमाञ्चलका क्लिनिक प्लस हेल्दी हेयर कन्टेस्ट-४ अडिसन शनिबार पोखरामा गरेको छ । प्रतियोगितामा विशेष गरी आमाछोरी जोडीलाई मात्र सहभागिता गराइएको छ ।
प्रतियोगितामा प्रतिस्पर्धाका लागि ३ सय ५० जनाले नाम दर्ता गराएकोमा प्रथम द्वितीय र तृतीय गरी तीन जोडीका ६ जना छनोट भएको युनिलिभरकी बजार प्रबन्धक सदीक्षा ढुङ्गानाले जानकारी दिइन् ।
आमा र छोरी बीचको ममतामयी सम्बन्धलाई दर्शाउन गरिएको पश्चिमाञ्चल अडिसनमा सिद्धार्थचोक बगालेटोल पोखराका आमाछोरीको जोडी देविका र आयुषा श्रेष्ठ प्रथम भएका छन् । त्यस्तै निकिता र निसा बज्राचार्य भैरवटोल पोखराका आमा छोरी द्वितीय र बुटवल सुख्खानगरका आमा छोरी पुष्पा र कृष्टिना पौडेलको जोडी तृतीय भएका छन् ।
प्रतियोगितामा रुचि राख्ने हरेक आमाछोरी जोडी लिएर भाग लिने सक्ने र ५ लाख रुपैया बराबरको छात्रवृत्ति र क्लिनिक प्लस विज्ञापन मार्फत संचारमाध्यममा छाउन सक्ने पोखरा अडिसनका कार्यक्रम संयोजक कल्याण विष्टले जानकारी दिए ।
साभार कांतिपुर
Posted by Butwalonline
on 10:00 AM. Filed under
Entertainment
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response