अत्यधिक बहुमत हामीसँग छः प्रचण्ड
एकीकृत एकीकृत माओवादीबाट मोहन वैद्य किरण समूह फुटेर गएको छ । र किरण समूहले नेकपा-माओवादी गठन गरेको छ । माओवादीको विभाजनपछि प्रचण्डको पहिलो अन्तर्वार्तामा उनले विभाजनको रहस्यदेखि भावी योजना मात्र होइन, राष्ट्रिय राजनीतिमा अबका विकल्प र आफूमाथि लागेका आरोपहरूबारे खुलेर कुरा राखेका छन् । प्रचण्डसँगको जनआहृवानले गरेको विशेष अन्तर्वार्ता ।
एकीकृत नेकपा माओवादी पार्टी त विभाजन भयो । तपाईंले रोक्न सक्नुभएन नि ?
म अहिले पार्टी नै फुट्यो भनेर भन्दा पनि केही कमरेडहरू पार्टीबाट अलग भएर जानुभयो । हाम्रो पार्टीको स्थिति र केन्द्रीय समितिको स्थिति हेर्दा उहाँहरू पार्टीबाट अलग भएर जानुभएको हो । यो दुःखको कुरा हो । मैले पार्टी अध्यक्षको हैसियतले उहाँहरूलाई नजानु भनेर अन्तिम समयसम्म पनि प्रयत्न गरे । सार्वजनिक रूपमा अपिलदेखि आन्तरिक रूपमा कुराकानीहरू सबै भए । तर, उहाँहरूले अहिलेको देशको स्थिति, कम्युनिस्ट आन्दोलनको स्थिति र पार्टीको स्थितिलाई बुझ्न सक्नुभएन । असाध्यै यान्त्रिक र संकीर्ण भएर सोच्नुभयो, जसको परिणाम यो नहुनुपर्ने घटना हुन गयो ।
वैद्य पक्षले पार्टीमा दोस्रो राष्ट्रिय सम्मेलन र चुनवाङ बैठकदेखि विचलन सुरु भयो र अहिले पूरै आन्दोलन असफल भयो भन्ने जस्ता आरोपहरू लगाउँदै आएको छ । यसमा तपाईंको भनाइ के छ ?
कमरेड किरणको सोच्ने कुरामा केही सीमा पहिलेदेखि नै थिए । तैपनि उहाँको सैद्धान्तिक अध्ययन, बहस र छलफलबाट पार्टी निर्माणमा सहयोग पुगेकै हो । जब जनयुद्धको तयारी सुरु भयो, अब हामी पुरानै तरिकाबाट भन्दा पनि नयाँ तरिकाबाट जानुपर्छ, रुस वा चीनको नक्कल गरेर हुँदैन भनेर भन्यौं । एउटा मूलभूत सिद्धान्तलाई अवलम्बन गरे पनि देशको वर्तमान परिस्थिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई हेरेर भए पनि नयाँ तरिकाले जनयुद्धलाई सुरु गर्नुपर्छ भनेर पनि हामीबीच छलफल हुन्थ्यो । तर, अहिले आएर पार्टीका सैद्धान्तिक निर्णयहरू जसले पार्टीलाई त्यो उचाइसम्म पुर्यायो, त्यसको विरोध गरेर उहाँले समग्र जनयुद्धको विरोध गर्नुभएको छ । यो भोलि गएर सम्पूर्ण इमानदार क्रान्तिकारीहरू, जनता र विश्वले बुझ्नेछन् । जनयुद्धलाई गुणात्मक रूपमा अगाडि बढ्न र युगान्तकारी राजनीतिक परिवर्तन गर्न त्यहाँ गरिएको कार्यदिशाको संश्लेषणले वैचारिक आधार निर्माणको काम गर्यो । आज आएर उहाँहरूले त्यसैमाथि प्रहार गर्नुभएको छ । २१ औं शताब्दीको जनवाद जसले परम्परागत ढंगले जाँदा विश्वभरिको कम्युनिस्ट आन्दोलनले धक्का खायो, अब त्यसरी होइन, हामीभित्र पनि प्रतिस्पर्धाका आधारमा जानुपर्छ र बाहिर पनि नयाँ ढंगले हस्तक्षेप गरिनुपर्छ भनेर निर्णय गरियो । कामरेड किरणका यी भनाइहरू मैले अहिले पनि सम्भिmरहेको छु । मैले २१औँ शताब्दीको जनवादबारे प्रस्ताव पेस गरेर छलफल हुँदा अब प्रचण्डपथ चाहिँ सार्वभौम सिद्धान्त प्रचण्डवाद बन्नतिर गयो भन्ने उहाँ-किरण)ले आज आएर त्यो गलत थियो भन्नुभएको छ । त्यो सुन्दा मलाई आश्चर्य र दुःख पनि लागिरहेको छ । कमरेड किरणले सम्भिmरहनुभएको होला, रुकुमको गाउँमा बैठक बस्दा कसरी प्रचण्डपथ सार्वभौम सिद्धान्तका रूपमा प्रचण्डवादतिर गयो भन्नुभएको थियो । यस्तै चुनवाङ बैठक जसले परम्परागत कम्युनिस्ट आन्दोलनले धक्का खाने समस्याबाट माओवादीलाई बचायो । समकालीन अवस्थालाई हेर्दा बर्मादेखि मलाय, पेरुसम्मको आन्दोलनको धक्काबाट पाठ सिकेर नयाँ ढंगबाट कम्युनिस्ट आन्दोलनलाई अगाडि लानुपर्छ भन्ने निर्णय गरिएको हो । किरणजीहरूले हामी त्यो बैठकमा थिएनांै भनिरहनुभएको छ, तर अन्य सबै कमरेडहरू त्यहाँ हुनुहुन्थ्यो र उत्साहित भएर ऐतिहासिक काम भयो भन्ने साथीहरूले नै अहिले आएर त्यसैको विरोध गरिरहनुभएको छ । कमरेडहरूको स्मरणशक्ति कमजोर भन्न पनि भएन । उहाँहरू अहिले जनयुद्धमा आधारित जनविद्रोह भनिरहनुभएको छ । यसले त उहाँहरूले जनयुद्धको उपलब्धिलाई पनि सिध्याइदिने, जनविद्रोहको सम्भावनालाई पनि सिध्याइदिने र अन्ततः प्रतिक्रान्तिकारीको सेवा हुन पुग्छ । माक्र्सवाद, लेनिनवाद विचारले हामीलाई के सिकायो भने मानिसहरू मनोवाद, यान्त्रिकवादतिर गयो भने त्यसले अन्ततः दक्षिणवाद र प्रतिक्रान्तिकारीवादलाई नै सहयोग पुग्छ । म अझै के आशा गर्छु भने कमरेडहरूले यी सबै विषयहरूमा एकपटक फेरि विचार गर्नुहुनेछ । अझै इतिहासका सही निर्णयहरूलाई उल्टाउने काम उहाँहरूले रोक्नुहुनेछ ।
आलोचकहरूले यत्रो ठूलो आक्रमण गर्दा पनि अध्यक्ष प्रचण्ड अझै नरम भए भनेर आलोचना पनि भएको छ नि ?
आजको वर्गसंघर्ष र विचार संघर्षको परिस्थितिमा देशभित्रका परम्परावादी, प्रतिक्रियावादी या यथास्थितिवादी शक्ति र देशबाहिरका सबै प्रतिक्रियावादी शक्तिहरूलाई हेर्ने हो भने उनीहरूको ध्यान माओवादीलाई कसरी कमजोर पार्ने र त्यसको केन्द्रबिन्दुमा माओवादीलाई कसरी कमजोर पार्न सकिन्छ र बदनाम गर्न सकिन्छ भन्ने एउटा अभियान विश्वव्यापी रूपमा चलेको छ । यी कुराहरू विस्तारै नेपाली जनताले बुझ्दै गइरहेका छन् र म केही बुद्धिजीवीहरूसँग कुरा गर्छु । उहाँहरूले के भन्नुहुन्छ भने अहिले प्रतिक्रान्तिकारीहरूको मिसन भनेको कसरी प्रचण्डलाई सिध्याउन सकिन्छ भन्ने उनको मिसन छ ।
अहिले प्रचण्ड भनेको नेपाली जनताको ठूलो त्याग र बलिदानबाट परिवर्तन संस्थागत गर्न जन्माएको परिवर्तनको प्रतीक बन्न गएको छ । त्यसलाई सिध्याउनु प्रतिक्रान्तिकारीहरूको मिसन नै बनेको छ । तर, हाम्रै कतिपय कमरेडहरूले नै बुझेर वा नबुझेर प्रतिक्रान्तिकारीलाई सहयोग पुग्नेगरी काम गर्नुभएको छ । यसबाट मलाई धेरै दुःख लागेको छ । तर, मैले ती कमरेडहरूलाई कमरेडकै रूपमा हेरेको छु । यर्थाथ इतिहासले एक दिन अगाडि ल्याउने नै छ । नेपाली जनताले देख्नेछन्, विश्वभरिका श्रमजीवी जनताले देख्नेछन्, प्रचण्डले कसरी कस्तो परिस्थितिमा क्रान्तिलाई बचाएर क्रान्तिका उपलब्धिलाई जोगाएर जोखिम उठाउँदै अगाडि बढ्यो Û अहिले कमरेडहरूले प्रतिक्रियावादीहरूले भन्दा पनि तल्लो स्थानमा ओर्लिएर तथानाम गाली र बदनामी गर्नुभएको छ । एक दिन उहाँहरूले पक्कै पनि सोच्नुहुनेछ- प्रचण्डले अत्यन्तै जटिल र अत्यन्तै संकटपूर्ण अवस्थामा क्रान्तिलाई बचाउँदै अगाडि बढाएको रहेछ । मैले प्रतिज्ञा गरेको के हो भने कमरेडहरूले तल्लो स्तरमा ओर्लिएर मलाई गाली गरे पनि मैले र हाम्रो पार्टीले त्यसरी गाली गर्नुहुँदैन । पार्टीभित्रको अन्तरसंघर्षलाई अलिकति नमिल्नेबित्तिकै एकले अर्कालाई गद्धार नै भनिहाल्ने, प्राप्त गरेका उपलब्धिहरू नामेट परिदिने, सबै त्याग बलिदानलाई ध्वस्तै पारिदिने कारण नै रुस, पूर्वी युरोपलगायत संसारैभरि प्रतिक्रान्ति भएको हो भन्ने मेरो निष्कर्ष हो । पार्टी विभाजन गरेपछि मैले सार्वजनिक गरेको विज्ञप्ति पनि हामीले स्थायी समिति बैठक बसेर बाहिर ल्याएका हौं । त्यसमा हामीले उहाँहरूलाई कमरेडकै रूपमा हेर्ने र व्यवहार गर्ने तथा उहाँहरूलाई पार्टी एकताकै लागि अपिल गरिराख्ने निर्णय गरेका छौं । यो नै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नकारात्मक कार्यबाट शिक्षा लिएर एउटा नयाँ कदम हो । अहिले एउटा चस्मा लगाएर मनोगत रूपमा आरोप लगाउनुभएको छ, भोलि उहाँहरूले देख्नुहुनेछ प्रचण्डले कुन जोखिम उठाएर नेपाली क्रान्तिका लागि लडिरहेको रहेछ । त्यो दिन पक्कै पनि स्वीकार गर्नुहुनेछ ।
वैद्यहरूका विचलन के-के हुन् ? उनीहरूको विचलनको नेता तथा कार्यकर्ताहरूले कसरी शल्यक्रिया गर्नुपर्छ ?
अन्ततः सबैभन्दा पहिले त राजनीतिक विचार, सिद्धान्त नै हुन आउँछ । राजनीतिक विचार र दृष्टिकोणले हामीले स्पष्ट रूपले भनेका छौं । ४० वर्ष लामो कम्युनिस्ट आन्दोलनको अनुभवको बीचबाट हेर्दा जनयुद्धको तयारी, उठानदेखि यहाँसम्म आइपुग्दा प्रमुख नेतृत्वको हैसियतले म के भन्छु भने अहिले उहाँहरूले जे भनिरहनुभएको छ, त्यो माक्र्सवादबाट एउटा जडसूत्रवादी विचलन भएको छ। जडसूत्रीय संशोधनवाद भन्ने शब्द पनि प्रयोग भएको छ । उहाँले जतिसुकै क्रान्तिकारी जलप लगाए पनि त्यो जडसूत्रीय संशोधनवादी विचलन नै हो विचारका हिसाबले । राजनीतिक हिसाबले निम्न पुँजीपति, वामपन्थी लफ्फाजी नै हो, जसले अन्ततः विर्सजनमा पुर्याउँछ । संगठनात्मक हिसाबले निम्न पुँजीवादी अराजकतावादी चरित्र नै हो भन्ने लाग्छ । र, के सत्य हो भने उहाँहरू आवेगमा चलिरहनुभएको छ । विचार र विवेकमा नभएर उहाँहरू आवेगमा चलिरहनुभएको छ भन्ने मलाई लागेको छ । किनभने, उहाँहरू जुन-जुन बिन्दुबाट पार्टीमा अस्वस्थ ढंगबाट जानुभयो, त्यो हेर्यो भने विचार र राजनीतिका मूल कुरा नभएर पद, प्रतिष्ठा, पार्टीमा अलिकति असन्तुष्टि, कुण्ठा सबैलाई उहाँहरूले केन्दि्रत गर्न खोज्नुभएको देखिन्छ । उहाँहरूले भन्ने गर्नुभएको विचारको बहसको कुरा आधारहीन छ । चुरो कुरो चाहिँ भावनात्मक र व्यक्तिगत पद प्रतिष्ठासँग जोडिएर गएको देखिन्छ ।
वैद्य तपाइर्ंको राजनीतिक गुरु भन्छन् । वैद्य तपाइको गुरु नै हो त ?
कम्युनिस्ट आन्दोलनको विकासको कुरा गर्दा किरणजीसँग भएका वैचारिक बहस, छलफलले मलाई माक्र्सवादी विचारको अध्ययन गर्न र माक्र्सवादको विचारलाई विकास गर्न मलाई सहयोग पुगेकै हो । उमेरले पनि सिनियर, पार्टीमा पनि सिनियर भएकाले म उहाँलाई त्यतिखेर सम्मान गथेर्ं र अहिले पनि सम्मान नै गर्छु । तर, एउटालाई गुरु भनेर चल्ने भन्ने कुरा चाहिँ हुँदैन । म २८ सालमा कम्युनिस्ट आन्दोलनमा भर्ती भएँ र पुष्पलाल समुहमा गएँ । यसरी हेर्दा पुष्पलाल मेरो गुरु भन्न पनि सकिने भयो । चौथो महाधिवेशनमा हुँदा अमिक शेरचन, खम्बसिंह कुँवर उहाँहरूले पनि मलाई क्रान्ति बुझाउनका लागि निकै प्रेरित गर्नुभयो । त्यसैले उहाँहरू पनि मेरो गुरु नै हुनुभयो । त्यसपछि ०३८ सालतिरबाट कमरेड किरणसँग मेरो धेरै घनिष्टता भयो । राजनीतिक छलफल र बहसहरू हामीले धेरै गर्यौं, त्यही क्रममा म पार्टीको महामन्त्री भइसकेपछि चाहिँ गुरु चेला भन्ने कुरा आएन । त्यसलाई यसरी द्वन्द्वात्मक तरिकाले नै बुझ्नुपर्छ ।
यो फुट वा सम्बन्ध विच्छेदले पार्टीलाई कति असर परेको छ ?
विभाजनपछि संख्या र प्रतिशतको हिसाबले त हाम्रो पार्टीलाई त्यति धेरै असर पर्नेजस्तो मैले देखेको छैन । तर, संख्या र प्रतिशत भन्दा पनि यसले पार्ने मनोवैज्ञानिक असर बढी नकारात्मक छ भन्ने मलाई लागेको छ । यसले क्रान्ति र पार्टीप्रति जनतामा निराशा र चिन्ता बढाएको छ । तर, प्रतिक्रान्तिकारी, प्रतिक्रियावादीहरूलाई भने यसले बढो उत्साहित तुल्याएको छ । माओवादीलाई जसरी भए पनि कमजोर पार्नुपर्छ र पार्टी फुटाउनुपर्छ भनेर वर्षौैंदेखि लागिरहेका थिए । उनीहरूलाई यस घटनाले निकै उत्साहित तुल्याएको छ । नराम्रो पक्ष त्यो हो । अहिलेको अवस्थामा त्यसो गर्नु हुँदैन, युद्धविराम गरेर भए पनि केही समय सँगै बसौं भनेर मैले किरणजीहरूसँग भनेको हो । त्यसपछि एउटा बिन्दुमा पुगेर संश्लेषणका माध्यमबाट सहमतिमा पुगौंला र यदि भएन भने जाने भए पनि सल्लाहमा नै जाउँला भनेको थिएँ । यसको मतलब आम जनमानसमा, सहिद, बेपत्ता, घाइते योद्धाको परिवार, जसले आन्दोलनमा ठूलो त्याग तपस्या गरे उनीहरूको मनोविज्ञानलाई हेरेर मैले त्यसो गरेको थिएँ । प्रतिक्रान्तिकारीहरूले फुट खोजेका छन्, त्यसकारण हामीले अहिले त्यो काम गर्नै हुँदैन भनेको हो । अर्को कुरा, जेठ १४ पछाडि पार्टी एकताको राम्रो र बलियो आधार बन्यो भन्ने मेरो विश्लेषण थियो । संविधान नै नबनाई संविधानसभाको अवसान हुनु त नराम्रो कुरा हो, तर पचिानसहितको संघीयताको अडानले यदि पार्टी एकतामा पार्टी विचार र राजनीतिक अडान नै प्रमुख कुुरा हो भने त पार्टी एकताको आधार बन्यो भन्ने मेरो बुझाइ थियो । तर पनि, उहाँहरू जानुभयो । त्यस अर्थमा बढो मनोगतवादी ढंगले आवेग र भावनात्मक रूपमा उहाँहरू जानुभएको छ भन्ने नै मेरो बुझाइ छ । र पनि, फेरि पार्टी एकताका माध्यमबाटै क्रान्तिकारीहरू एक भएर क्रान्ति पूरा गर्ने दिशामा फेरि पनि सोच्नूस् Û म यही आग्रह गर्छु । संख्याको कुरा गर्ने हो भने १५० को केन्द्रीय समितिमा उहाँहरूकोमा ४४ जना जानुभएको छ । त्यहाँभित्र पनि कैयौं साथीहरू फुटको पक्षमा नभएर विवादका बीच बग्दैबग्दै जानुभएको हो । देशभर आम रूपमा हेर्ने हो भने अत्यधिक बहुमत हामीसँग नै छ । तर, संख्या र प्रतिशत त म अहिले नै तोक्न चाहन्न । देशभरि अत्यधिक बहुमत संस्थापन पक्षसँगै छ र उहाँहरूसँग जाने कमरेडहरू पनि स्पष्ट हुँदै विस्तार र्फकनुहुन्छ । यसमा किरणजीहरूले चाँडै सोचेर पार्टी एकतामा तयार हुनुभएन भने पछि समस्या झनै जटिल भएर आउँछ । म किरणजीहरूलाई विशेष आग्रह गर्न चाहन्छु ।
अहिलेको पार्टी विभाजनमा देशी/विदेशी शक्तिहरूको हात कत्तिको छ ?
उहाँहरूले कुनै शक्तिको इसारामा पार्टी विभाजन गर्नुभयो भनेर अहिले आरोप लगाउन चाहन्न । प्रतिक्रियावादीहरू हाम्रो पार्टीलाई फुटाउन जनयुद्धकालदेखि नै लागिरहेका थिए, अहिले पनि लागिरहेकै छन् । यो सत्य हो । तर, किरणजीहरू विदेशी शक्तिहरूले उचाले त्यही भएर फुट्नुभयो भन्ने लाग्दैन । उहाँहरूको वैचारिक, राजनीतिक, सांस्कृतिक मूल्य-मान्यता जे भन्नुभएको छ, त्यो नै गलत छ । उहाँहरूको यान्त्रिक र संकीर्णतावादी सोच मुख्य हो । तर, यति भनिसकेपछि म केसम्म भन्न सक्छु भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एउटा ट्रेन्ड छ, जसको प्रतिनिधित्व अमेरिकाको आरसीपीले गर्छ । त्यसको काम भनेकै विश्वका क्रान्तिकारी पार्टीहरू एकताबद्ध हुँदै जनतामा प्रभाव पर्दै अगाडि बढे भने तिनीहरूलाई टुक्रयाउनु र अवसान गराउनु हो । तिनीहरूसँग किरण कमरेड पक्षका धेरै नेताहरूको लामो उठबस थियो । त्यसले यो विभाजनमा केही प्रोभोक गर्यो होला भनेर भन्न सक्छु । त्यसबाहेक अन्य शक्तिहरूले पनि षड्यन्त्र गरिरहेका हुन्छन् । त्यसैले विदेशी शक्तिहरूले गर्दा किरणजीहरूले पार्टी फुटाउनुभयो भनेर म आरोपित गर्न चाहन्न ।
फरक प्रसंग, तपाईंहरूले आफैं चुनावको घोषणा गर्नुभयो र फेरि एउटा अन्तरक्रिया कार्यक्रममा संविधानसभाको पुनःस्थापनको कुरा गर्नुभयो । अबको राजनीतिक निकासको विकल्प के हुन सक्छ ?
सर्वप्रथम त मैले अन्तरक्रियामा बोलेको कुराको गलत ढंगले प्रचार भएको जस्तो लाग्छ । किनभने मैले त्यहाँ संविधानसभाको निर्वाचनमा जानका लागि दलहरू मिल्नुपर्छ, त्यसका लागि राष्ट्रिय सहमतिको विकल्प छैन भनेर भनेको थिएँ । यदि कसैलाई त्यो सहमति संविधानसभाको पुनःस्थापना हो जस्तो लाग्छ भने त्यो कसरी हुन सक्छ ? त्यसमा पनि छलफल गर्न हामी तयार छौँ भनेर भनेको थिएँ । तर, हाम्रो प्रस्ताव त संविधानसभाको निर्वाचन नै हो भन्ने कुरा स्पष्ट राखेको थिएँ । संविधानसभाको पुनःस्थापना पनि विकल्प हो भने त्यसमा पनि छलफल गर्न हामी तयार छौँ भनेको कुरालाई अलग्गै राखेर हामी फेरि पुनःस्थापनाको पक्षमा लाग्यौं भनेर प्रचार गरियो । मेरो अभिव्यक्तिको प्रधान र सहायक कुरालाई नछुट्टयाई सहायकलाई प्रधान बनाएर प्रचार गरियो । तर, अहिलेको राजनीतिक निकास भनेको राजनीतिक दलहरूबीचको सहमति नै हो । त्यो सहमतिका दुईवटा विकल्पहरू हुन्- संविधानसभाको निर्वाचनमा जाने कि अन्य कुनै उपाय । यसमा अन्य कुनै उपाय भनेको आखिरमा संविधानसभाको पुनःस्थापना नै हुन आउँछ । त्यसैले त्यसको विषयमा हामी छलफल गर्न तयार हुनुपर्छ, नत्र कसरी सहमति हुन्छ ?
अहिले राजनीतिक सहमतिका विकल्पहरू के-के हुन सक्छन् ?
सर्वप्रथम पहिचानको आधारमा संघीयता गर्ने विषयमा सहमति हुनुपर्छ किनभने यही कारणले संविधानसभाको अवसान हुन पुग्यो । यसमा प्रदेशको संख्या र नामकरणमा दलहरूबीच सहमति हुन जरुरी छ । त्यसपछि पहिले हामीले जुन सहमति गरेका थियौं, त्यसलाई उल्ट्याउने काम गरिनुभएन । पाँचबुँदे सहमतिअनुसार संविधानसभाको घोषणापूर्व प्रधानमन्त्रीले राजीनामा दिने र नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने कुरामा हाम्रो प्रतिबद्धता भइसकेको छ । अब संविधान निर्माणका विषयमा सहमति भएपछि हामीले सहमतिको सरकार निर्माणका लागि तयार हुनुपर्छ । यसले मात्र सहमतिको वातावरण तयार गर्छ जस्तो लाग्छ ।
प्रचण्डले हरेक मुद्दा रणनीतिक उद्देश्यले मात्र खडा गर्छन् र समास्या समाधान गर्दैनन् भन्ने आरोप बेलाबेला लाग्ने गरेको छ । त्यसलाई कसरी हेर्नुहुन्छ ?
कुनै पनि राजनीतिक नेतृत्वले कुनै पनि कुरा गर्दा देश र जनताप्रति आˆनो दृष्टिकोण, विचार, भिजन र मिसनअनुसार भनिरहेको हुन्छ । कुन राजनीतिज्ञ रणनीतिभन्दा बाहिर गएर बोल्छ ? बरु म चाहिँ खुला बोल्छु । मेरो मनमा जे छ त्यही कुरा बाहिर आउँछ । अरूले बरु कपटी तरिकाले बोल्छन् । त्यसैले त्यो आरोपको कुनै तुक छ जस्तो लाग्दैन । फेरि कतिपय मानिसहरू जानी-जानी प्रचण्ड र नेतृत्वलाई बदनाम र कमजोर पार्नका निम्ति जे गर्छन उनीहरूलाई म ‘चोरले संसारलाई चोर देख्छ’ भन्न चाहन्छु । किनभने उनीहरू आफैं कपटी तरिकाले काम गर्छन् र प्रचण्डलाई पनि त्यस्तै देख्छन् ।
प्रचण्डको मनमा धेरै कुरा खेलिरहेका हुन्छन् भन्ने पनि त छन् नि ।
त्यसो भन्नेलाई फेरि मेरो त्यस्तो आरोप हुँदैन । किनभने इतिहासको यस्तो बिन्दुमा म नेतृत्वमा भएँ, जहाँ मैले जनयुद्ध, शान्ति प्रक्रिया, निर्वाचन र सरकारको नेतृत्व निकै छोटो समयमा गर्नुपर्यो । यस्तो विश्व राजनीतिमा निकै कमै देख्न पाइन्छ । यस्तो अवस्थामा स्वतः ममा विचारहरू आउन, तनावहरू आउने जस्ता विभिन्न खाले मनोविज्ञानहरू निर्माण हुने वस्तुगत तथा ऐतिहासिक आधारहरू छन् । यो कुरालाई मानिसहरूले किन विश्लेषण गर्दैनन् भन्ने बुझ्छु । यसको संक्रमणकालीन अवस्थाबाट गुजि्ररहेको राजनीतिको नेतृत्व गर्ने र सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा प्रवेश क्रममा आउने भावनालाई किन विचार गर्दैनन् ? दोस्रो मेरो स्वभाव पनि केही न केही भूमिका खेलेको होला ।
विगतको दशकमा सबैभन्दा बढी राष्ट्रियताको मुद्दा प्रचण्डले उठाएका छन् भनेर जनताले भन्ने गर्थे । तपाईंले भारतसँग ठूलो राजनीतिक युद्ध नै लड्नुभयो । तर, अहिले आएर सुपुर्दगी अध्यादेश ल्याउँदा तपाईंले विरोध गर्नुभएन त ?
राष्ट्रिय स्वाधीनताको कुरामा मेरो अडान अहिले पनि यथावत् छ । जनताले बुझ्दा हुन्छ, नेपालको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वाभिमान, यसको भौगोलिक अखण्डताका विषयमा कुनै पनि सम्झौता गर्ने छैन । जहाँ भारतसँगको कुरा हो, त्यसमा राष्ट्रिय स्वाधीनताको आन्दोलनको जुन रूप अपनाइयो, त्यसले मात्र मद्दत गर्दैन । भारतसँग झगडा गरेर मात्र होइन कूटनीतिक ढंगले पनि जानुपर्ने हुन्छ । कूटनीतिक बहसमा पनि हामी सिपालु हुनुपर्छ भन्ने हिसाबले मैले फेरि नेपाल राष्ट्रकै हितका निम्ति कूटनीतिक र राजनीतिक ढंगले छलफल गरेको मात्र हो, नेपालको राजनीतिक स्वाधीनतालाई कमजोर पार्न खोजिएको बिल्कुल होइन । दोस्रो कुरा, तपाईंले सुपुुर्दगीको कुरा भारतसँग जोड्नुभयो त्यो गलत छ । भारतसँग सुपुुर्दगीको विषय पहिलेदेखि उठ्दै आएको हो, तर जुन अध्यादेश अहिले आएको छ, त्यो भारतसँग जोडिएको छैन । यो सुपुर्दगी अध्यादेश भनेको राष्ट्रसंघले सम्बोधन गरेको र नेपाल पहिले नै राष्ट्रसंघको सम्मेलनमा उक्त सन्धिको पक्षमा उभिएको भएर सो विधेयक ल्याउन परेको हो । त्यस कारण यसको भारतसँग कुनै लेनदेन छैन । यसका साथै अब यो विधेयक आएपछि सबै बुझाउने भयो भन्ने जस्ता भ्रम जनतामा छरिएको छ, त्यो पनि निरर्थक हो । जुन देशसँग यो सन्धि गरिन्छ, तब मात्र यो लागू हुन्छ । तर, यो विषय अहिले नै गर्न नपाए हुन्थ्यो भन्ने मेरो धारणा थियो । मैले सरकारसँग कुरा गर्दा अहिले देशको राजनीतिक परिस्थिति जटिल छ, संसद् पनि छैन, कुनै प्रतिनिधि संस्था पनि छैन र राजनीतिक दलहरूबीच समझदारी पनि भएको छैन, त्यसैले यो अवस्था जनाएर मिटिङमा पठाउन मिल्दैन भन्दा सरकार र विभिन्न सचिवहरूले कालोसूचीमा परिन्छ, यसबाट केही फरक पर्दैन भनेका थिए । संगठित अपराधको विधेयकले अहिलेको आन्दोलनमा असर पार्न सक्ने तर परस्पर सहायता कानुनसम्बन्धी विधेयक र सुपुर्दगी सन्धिसम्बन्धी विधेयकले खासै असर पर्ने नदेखेपछि र सरकारले पनि जोड दिएपछि सो निर्णय लिइएको हो ।
तपाईं पहिलादेखि नै मिडियामैत्री हुनुहुन्थ्यो । पछिल्लो समयमा त प्रचण्डको मिडियाप्रति मोह बढेको छ भन्ने खबर सुनिन्छ । यसलाई कसरी लिनुहुन्छ ?
अहिलेको २१औं शताब्दीमा मानिसको सूचना तथा सञ्चारको प्रभाव निकै बढेको छ । त्यसैले जनयुद्धमा होस् या शान्ति प्रक्रियामा आउँदा होस् प्रेस स्वतन्त्रताको बारेमा म कहिले पनि दोधारमा रहिनँ। यद्यपि, शान्तिपूर्ण राजनीतिमा आएपछि ठूला मिडियाहरूले हाम्रो विषयमा कुराहरू तोडमोड गरेर प्रस्तुत गरेको देख्दा कहिलेकाहीँ दिक्क लाग्ने पनि हुन्थ्यो । मलाई दिक्क लाग्यो भने फेरि त्यो बाहिर बोली पनि हाल्छु । त्यसबेला सम्बन्धको दृष्टिले मिडियासँग केही उतार-चढाव पनि भए होलान्, नीतिमा त म संधै अडिग छु । त्यसले फेरि मेरो मिडियाप्रति मोह बढ्यो भन्ने चाहिँ होइन । मेरो मिडियाप्रतिको सकारात्मक सोचले गर्दा ‘मलाई मिडियामा धेरै लगानी गर्यो’ भन्ने कुराहरू सुन्दा निकै हाँसो लाग्छ । मैले ठूला मिडिया हाउसमा करोडौं लगानी गरंे भन्ने खालका कुराहरू सम्म आएका छन् तर मैले एक पैसा पनि लगानी गरेको छैन । अझ बजारमा मैले नागरिकमा ३० करोडभन्दा बढी लगानी गर्यो भन्ने हल्ला फिजाइएको रहेछ । तर, ठूला मिडिया हाउसहरूमा मेरो कुनै त्यस्तो लगानी छैन । हाम्रै पार्टीका साथीहरूले सहयोग चाहियो भनेर आउँदा सामान्य सहयोग गर्ने कुरा बेग्लै हो । तर, मिडियामा मेरो लगानी केही छैन । कहाँबाट लगानी गर्नु मैले ?
साभार ऑनलाइन खबर