|

जिप र भ्यान ठोक्किदा एक दर्जन घाईते, पाँचको अवस्था गम्भीर

परासी, अषाढ २८ - नवलपरासीको सदरमुकाम परासीमा मंगलबार बिहान जिप र पिक अप भ्यान एक आपसमा ठोक्किंदा एक बालक सहित १२ जना यात्रु घाईते भएका छन् ।  सुनवलबाट महेशपुर जादै गरेको लु १ ज ३५३ नम्बरको जिप विपरीत दिशाबाट आउँदै गरेको बा ८ ज ६३७८ नम्बरको भ्यानले परासीको बाईपास चोकमा ठक्कर दिंदा जिप पल्टिएर जिपमा सवार यात्रुहरु घाईते भएका हुन् ।
घाईते मध्ये पाँचको अवस्था गम्भीर रहेको र उनीहरुको उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएकेा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  बाकीको अवस्था समान्य रहेकोले उनिहरुको उपचार जिल्ला पृथ्वी चन्द अस्पतालमा भईरहेको छ । गम्भिर हुनेमा ठेगाना नखुलेका राजेश चौधरी,नाम र ठेगाना दुबै नखुलेका ६० बर्षीय एक बृद्धा,रामग्राम नगरपालिका ७ का पन्नालाल गौड,भारत घर भएका सत्यनारायण र बन्जरिया घर भएका प्रताप चमार रहेका छन् । भ्यान र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Source:Kantipurnews

Posted by Butwalonline on 9:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप र भ्यान ठोक्किदा एक दर्जन घाईते, पाँचको अवस्था गम्भीर"

Leave a reply