सुदूरपश्चिममा यातायात आज पनि ठप्प
२८ असार, कञ्चनपुर । यातायात व्यवसायीको बन्दका कारण सुदूरपश्चिममा आज पनि बिहानैदेखि यातायात सेवा पूर्णरुपमा ठप्प भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासाघ सुदूरपश्चिम यातायात व्यवसायी संघले सोमबारदेखि अनिश्चितकालिन यातायात बन्द आहृवान गरेको हो । बन्दका कारण सुदूरपश्चिमका ७ र तराइका दुई जिल्लाको जनजीवन प्रभावित भएको छ । सरकारले यातायातमा सिन्डिकेट प्रथा खारेजीको निर्णय गरे पनि डडेल्धुरामा नयाँ दर्ता भएको यातायात संस्था खारेजीको माग गर्दै महासाघले यातायता बन्द आहृवान गरेको हो ।
महासंघ क्षेत्रीय संयोजक होमबहादुर कुंवरले डडेल्धुरा प्रशासनमा नयाँ दर्ता भएको यातायात संस्था खारेजी नभएसम्म सुदूरपश्चिममा यायायात हड्ताल जारी राखिने बताउनुभएको छ । नयाँ दर्ता भएको यातायात संस्था खारेजीको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको कुटपिटबाट घाइते बनाएका व्यवसायी तथा मजदुरहरुको उपचार खर्च सरकारले बेहोर्नुपर्ने व्यवसायीको माग छ ।
बन्दकर्ताले अत्यावस्यक सेवाका एम्बुलेन्स, प्रेस, मानव अधिकार तथा कुटनीतिक नियोग र विवाहका गाडीलाई भने अवरोध पुर्याएका छैनन् ।
Source:Onlinekhabarn