|

पूर्वका चार स्थानमा एक साथ बम विष्फोट गराउने प्रयास


धरान, अषाढ २८ - खम्बुवान स्वायत्त गणराज्य स्थापना गर्न केही महिना देखि भूमिगत भएर  सशस्त्र विद्रोहमा उत्रिएको एक संगठनले पूर्वका विभिन्न कार्यालयमा मंगलबार विहान एक साथ कुकर बम विष्फोट गराउने प्रयास गरेका छन् ।
खम्बुवान मुक्ती मोर्चा संयुक्त नाम गरेको उक्त संगठनले धरान स्थित आन्तरिक राजश्व कार्यालय, इटरहीको राजश्व कार्यालय, उदयपुरको जिल्ला विकास समिति र उदयपुरकै एक क्रसर उद्योगमा कुकर बम राखेर विष्फोट गर्ने प्रयास गरेका छन् । बम संगै मोर्चाको प्रचार प्रसार विभागको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ ।
बम राखिएको स्थलमा प्रहरी परिचान गरिसकिएको छ । इलाका प्रशासन कार्यालका प्रमुख राममणि पोखरलेले बम डिस्पोजल टोलीलाई जानकारी दिइसकिएको बताए ।
मोर्चाका प्रवक्ता बताउने आकार खम्बुले एकात्मक सरकारको अन्त्य गर्दै जातिय ऐतिहासिकताको आधारमा आत्मनिर्णय अधिकार सहितको खम्बुवान स्वायत्त राज्य स्थापनाको लागि भूमिगत रुपमा सशस्त्र विद्रोह गरेको बताए । मोर्चा चार महिना देखि अस्तित्वमा आएको हो ।
तराईका अन्य भूमिगत शसस्त्र संगठनले सरकार संग वार्ता गर्ने भनिरहेको बेला खम्बुवानले भने भूमिगत विद्रोहलाई तिव्र बनाउन सरकारी कार्यालयमा बम विष्फोट गरेर ध्यानाकर्षण गरेको छ ।    
इनरुवामा राखिएको बम निष्क्रिय बनाइयो
अवधेशकुमार झा
इनरुवा,२८ असार । सुनसरी सदरमुकाम इनरुवाको मुटुमा रहेको सुपर मार्केटमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले हिजो मध्यराति निष्क्रिय वनाएको छ । सुपर मार्केटको दोश्रो तल्लामा रहेको बाणिज्य बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ढोकामा राखिएको टाइम बम सेनाले निष्त्रिmय वनाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राति ९ वजे बम राखिएको जानकारी पाउनासाथ नेपाल र सशस्त्र प्रहरीले सुपर मार्केट खाली गराइ घेराबन्दी गरेको थियो । इटहरी स्थित पुर्वी पुतना वाट आएको नेपाली सेनाको बम निष्क्रिय टोलीले चार घण्टा लगाएर इनरुवा स्थित जेल फिल्डमा राति १२ वजेर ५५ मिनेटमा सो बम निष्क्रिय वनाएको थियो । तराइमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराइ मधेश मुक्ती पार्टी सुनसरीका जिल्ला इन्चार्ज भिम सिंहले बम राखेको जिम्मा लिएका छन् ।
क्रसर उद्योगमा बम
डिल्लीराम खतिवडा
उदयपुर,२८ असार - उदयपुरको तपेश्री - ९ स्थित एक क्रसर उद्योगमा अज्ञात समूहले मंगलबार बिहान शक्तिशाली प्रेसरकुकर बम राखेको छ ।
महाविर एग्रीकेट प्रालिमा ५ केजीको प्रेसर कुकर बम राखेको प्रहरीले जनाएको छ । बम राखिएको स्थानमा प्रहरी परिचाल गरिएको प्रहरी नायव उरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले वताए ।
वम डिस्पोज गर्नकालागि सेनालाई खबर गरिएको उप्रेतीले वताए । पटक पटक बन्द हुदै संचालनमा आएको क्रसर उद्योग दुई सातायता संचालन भई रहेको थियो । बम कसले राखेको अहिलेसम्म पहिचान हुन सकेको छैन । 
source:kantipurnews

Posted by Butwalonline on 7:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पूर्वका चार स्थानमा एक साथ बम विष्फोट गराउने प्रयास"

Leave a reply