|

गजलमा नवीनता

रमण घिमिरे


साहित्यमा पछिल्लो झन्डै एक दशकदेखि गजल सिर्जना निकै मौलाएर आइरहेको छ। सर्वत्र गजलमय भएको छ। तर, यो मौलाउँदै आइरहेको गजलको सिर्जनात्मक पक्ष भने कतिको फलदायी छ ? यहाँ एउटा प्रश्न निरुत्तर भएर भौँतारइिरहेछ। गजल साहित्य मात्र होइन, कविताजस्तो। यो संगीतको एउटा सशक्त पाटो पनि हो। अथवा भनौँ गजलको सिर्जनात्मक परण्िााम त्यहाँ पनि देखिन्छ, जहाँ यसको बहर र सेरहरू कर्णपि्रय भएर श्रोताका कानहरूमा गुन्जिन पुग्छन्। धुनमा ढालिएपछि गजल काव्यबाट संगीतमा रूपान्तरण हुन्छ। गजलको गन्तव्य वास्तवमा यही नै हो। त्यसैले गजलको मर्म गेयतामा निर्भर हुन्छ। तर, नेपाली गजल यस पाटोबाट झन्डै पूरै छेलिएको छ।

गद्य र पद्यका दसौँ कृति प्रकाशित गरसिकेका शब्दशिल्पी उज्ज्वल जीसीको दोस्रो गजलसंग्रह प्रकाशित भएको छ, छातीभित्र पीडा फुल्दाका नाममा। तर, उनका गजलहरू माथिको अनुच्छेदमा उल्लेख गरएिजस्ता मात्र छैनन्। उनका केही गजलहरूले कवितामा जस्तै नयाँ भावभूमिमा उभिने प्रयत्न गरेका छन्। लेख्छन् :

कुर्सीकै लागि राजनीतिको

लहड ठूलो चलेको छ

सौभाग्यले यहाँ कसैको

तालुमा आलु फलेको छ

प्रयत्न हो, फरक हुन खोज्नु तर परण्िाामले त्यो कुरा स्वीकार्न सके मात्र यसको अर्थ रहन्छ। जीसीका ७६ वटा गजलहरू छिचोलिसकेपछि भन्न कर लाग्छ, उनका गजलहरू प्रणयमै बाँधिदा बढी कलात्मक लाग्छन्। राजनीतिलाई छोएर रचिएका गजलहरूले खासै अर्थ राख्दैनन्। बरु सामाजिक विषयमा लेखिएका सिर्जनाहरू राजनीतिका तुलनामा सार्थक छन्। सामाजिक विसंगतिमाथि लेखेको उनको एउटा गजलले यसको उदाहरण दिन्छ। गजलले भन्छ :

मानवताको खडेरी पर्‍यो

सुन्दर सहरमा आज

देख्न थाले अमृत कसैले

नमीठो जहरमा आज

यस गजलले अपेक्षाकृत महत्त्व राख्छ। यसबाट जीसीको सिर्जनात्मक शक्ति पनि धेरथोर बुझ्न सकिन्छ। तर, यति मीठो रसमा फारसी भाषाको 'जहर' मिसिँदा गजल स्वयंमा विषाक्तजस्तो लाग्छ। आजका गजल पुस्ताले पनि यस्तै सिको गरेकाले गजललाई नेपालीकरण हुन हम्मेहम्मे पररिहेको छ। तर, जीसी प्रणय-अभिव्यक्तिमा भने तिख्खर छन्। लेख्छन् :

बैँसले मात्तिएको मन

नडुलाऊ यो रातमा

प्यासी नजरले मलाई

नभुलाऊ यो रातमा

हो, उनका गजलहरूमा आमगजल सर्जकहरूको भन्दा सिर्जनात्मक सशक्तता बढी देखिन्छ, जुन गैरप्रेमी गजलमा पनि लागू हुन्छ। र, छातीभित्र पीडा फुल्दाभित्र उनले फुलाएका गजलहरूले यस क्षेत्रलाई विशिष्टता प्रदान गरेको छ भन्न कन्जुस्याइँ गर्नु पर्दैन। परष्िकार र गतिलो मस्कौटोले घोटिएर टल्किएका छन् उनका अभिव्यक्ति र प्रस्तुति पनि। तर, उनले विचार गर्नुपर्ने कुरा हो, चामल र घुन एकै ठाउँ मिसियो भने त्यो जति नै स्वादिष्ट भए पनि अखाद्य ठहर्छ। त्यसैले उनले आगामी सिर्जनाहरूमा चालमबाट घुन निफनेर गजलको मीठो स्वल्पाहार प्रस्तुत गर्नेछन् भन्ने अपेक्षा राख्न सकिन्छ। र, यो उनको दायित्व पनि हो। किनभने, उनी लामो समयदेखि सिर्जनाका मसीहरूले कागजलाई रंग्याउँदै आएका

स्रष्टा हुन्।

Source:Nepal Saptahik

Posted by Butwalonline on 10:05 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजलमा नवीनता"

Leave a reply