7:33 PM | Posted by Butwalonline
हेमराज भट्ट ,नेपालगंज ,बाँके,वैशाख १७-नेपालगन्ज नगरपालीकाका वडा नं. १ र २ को वडा कार्यालय सााघुरो र अनुपयुक्त स्थानमा भएकाले एक हप्ता भित्र उपयुक्त स्थानमा दुबै वडाका अगुवाहरुको परामर्समा स्थानान्तरण गर्ने नेपालगन्ज नगरपालीकाका कार्यकारि अधिकृत लोक बहादुर सुनारले प्रतिबद्धता व्यक्त गरेका छन् ।
 |
| कार्यक्रम सञ्चालन गर्दै सञ्चालक हेमराज भट्ट
|
बागेश्वरी असल शासन क्लब (बास) को आयोजना तथा एल.जि.ए.एफ.को सहयोगमा नेपालगन्ज नगरपालीकाले दिने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकृत सुनारले सो प्रतिबद्धता व्यक्त गरेका हुन । नेपालगन्ज नगरपालीकाको वडा नं. १ लाई लक्षीत गरि आज सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमपश्चात गरिएका अन्य साझा प्रतिबद्धताहरुमा सुनुवाईमा उठेका विभिन्न सवालहरु र समस्याहरुलाई समाधान गर्ने, नेपालगन्ज १ मा रहेको पर्यटकिय स्थल वाटरपार्क को संरक्षण र सम्बद्धन गरि पुन: सञ्चालन गर्न आन्तरिक तथा बाह्य श्रोतको खोजि गर्ने , नेपालगन्ज १ का विभिन्न भागमा रहेका ट्रान्समिटरहरु ले जोखिम निम्त्याएको ले जोखिम न्यूनिकरण गर्न आवश्यक पहल गर्ने, हरेक वडा टोल सरसफाई गर्नकालागि नगरपालीका बाट ५ जना स्विपर वडामा नआएको गुनासो आएकोले सो गुनासो समाधान गर्ने र वडा नं. १ का सडकहरु अधुरा र जिर्ण भएकाले उक्त सडकहरु सम्भव भएसम्म निर्माण गर्न र मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी नेपालगन्ज नगरपालीका वडा नं. १ का सेवाग्राहिहरुको अगाडी प्रतिबद्धता गर्ने हरुमा कार्यक्रममा जवाफदेहि बत्ताको रुपमा रहेका नगरपालीकाका कार्यकारि अधिकृत लोक बहादुर सुनार, प्रशासकिए अधिकृत मोहन हमाल, ईन्जिनियर सुरज कुमार गुप्ता र वडा सचिब खेमराज सुबेदि रहेका थिए ।
 |
| कार्यक्रममा प्रश्न राख्दै एक सहभागी
|
नेपालगन्ज नगरपालीकामा सेवा लिन जादा भोगेका समस्या तथा आफ्नो टोलमा रहेका विभिन्न समस्याहरु वडा बासिहरुले अगाडी तेस्याएका थिए । विभिन्न प्रशनहरुको जवाफ र वडा नं. १ का सेवाग्राही र जावाफदेहि बक्ताको बिचमा निकै ठुलो प्रश्नोत्तर चलेको थियो । वडा बासि र नगरपालीकाले समन्वयाका साथ अगाडी बढ्ने निश्कर्ष पश्चात साझा प्रतिबद्धताहरु निकालिएका थिए । वडा मानै आएर जनताका आवाजलाई सुनेको र नगरपालीकाका मुख्य चार वडा व्यक्तिहरुनै वडामा आएकोमा वडा बासिहरु भने निकै खुसि देखिन्थे ।
नेपालगन्ज नगरपालीका वडा नं. १ को शान्ति बिद्या निकेतन स्कुलमा सम्पन्न कार्यक्रमको सञ्चालन बासका प्रबक्ता हेमराज भट्टले गरेका थिए भने कार्यक्रममा स्वागत तथा उद्देश्यमाथि प्रकास बास अध्यक्ष राजु लामिछानेले गरेका थिए । स्थानीय हिमाल एफ.एम.ले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमको समापन बास निर्देशक नमस्कार शाहले गरेका थिए ।
यसै गरी आज बिश्व बैंकको सहयोगमा संचालित नेपालमा जवाफदेहिता कार्यक्रम (एच्ब्ल्) र अन्तराष्ट्रिय अध्ययन केन्द्र (सेसी) को सहयोगमा बासले नेपालगञ्ज नगरपालिकामा जनगुनासो निबारक संयञ्त्र कार्य सिकाई परियोजना (पि.जि.आर.एस.) अन्तरगत समुदायिक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
 |
| कार्यक्रमका सहभागीहरु
|
नेपालगन्ज नगरपालीकाको वडा नं. २ मा सम्पन्न गरेको सो कार्यक्रममा ठुलो सख्यामा वडा बासिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपालगन्ज नगरपालीकामा गुनासो गर्दा र वडा मा भएका समस्याहरुलाई नगरपालीका सम्म पुर्याउन के गर्ने र कुन प्रकृयाबाट अगाडी बढ्ने भन्ने बिषयमा कार्यक्रम संयोजक नमस्कार शाहले जानकारि प्रदान गराएका थिए । कार्यक्रममा वडा बासिहरुले वडामा भएका समस्याहरु प्रशतुत गरेका थिए । जस माथि कार्यक्रमा व्यापक छलफल समते भएको थियो । वडा नं. २ मा सम्पन्न कार्यक्रमको सञ्चालन हेम राज भट्टले गरेका थिए ।
यस परियोजना अन्र्तगत बासले ६ महिने अबधिमा स्वयंसेबकहरुलाई अभिमुखिकरण, नगरपालिकाका कर्मचारीहरुलाई अभिमुखिकरण, १७ वटै वडामा नागरिक शिक्षा, रेडियो कार्यक्रम, बुलेटिन प्रकाशन, सरोकारवालासंग बैठक आयोजना गर्नेछ भने जनगुनासो निबारक संयञ्त्र लागु गर्नुका साथै हरेक महिना सो संयत्रबाट भएका प्रगतिहरुको अनुगमन गरि पत्रकार सम्मेलनको आयोजना गर्नेछ ।
सम्बन्धित शीर्षकहरु: Local News,
News

Posted by Butwalonline
on 7:33 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response