परिक्षाको मर्यादा उलंघनगर्ने तिन परिक्षार्थी निस्कासीत
कृष्ण आचार्य,दैलेख, वैशाख १७-देशब्यापी रुपमा संचालन भैरहेको कक्षा १२ नियमित तर्फ अंग्रेजी विषयमा दुई केन्द्रबाट चिट चोर्दै गरेको अबस्थामा ३ परिक्षार्थी निस्कासीत भएका छन् । निस्काशीत हुनेमा चामुण्डा उच्च माबि परिक्षा केन्द्रबाट गिता खड्का र शारदा उपाध्याय रहेका छन । उनीहरु जयदेव उमावि जम्वुकाधका विध्र्यार्थी भएको सुपरिवेक्षक सुशिल केसीले जानकारी दिएका छन् ।त्यस्तै भैरव उमावि नौमुलेबाट एकजना विध्र्याथी परिक्षा केन्द्रबाट निस्कासीत भएका छन् । महेन्द्र उमावि सोतका विर्यार्थी पदम कटुवाललाई परिक्षा केन्द्रबाट निस्कासीत भएको प्रहरी नायव निरिक्षक निर्मर्ल शाहले बताएका छन् । बाहिरबाट चिट भित्र लगेको आशंका भएपछि चेक जाचको क्रममा कटुवाललाई केन्द्राध्यक्षले निस्कासन गरेको शाहले बताए । त्रिभुवन उमावि केन्द्र बजारमा भने मयार्दित रुपमा परिक्षा संचालन भएको परिवेक्षक विरवहादुर शाहीले जानकारी दिएका छन् ।
