मलेसियामा एक नेपालीको मृत्यु
काठमाण्डौ चैत १७ - मलेसियामा गत बुधबार एक नेपालीको
मृत्यु भएको छ । क्वालालम्पुर नजिकै चेरासमा रहेको द फिमेल हेल्थ कम्पनीमा कार्यरत खोटाङ वेलडाँडाँ घर भएका अन्दाजी २५ वषिर्य पेशल राईको ज्यान गएको हो ।
वुधवार विहान उठेर वाथरुम जाने क्रममा एक्कासि चक्कर लागेपछि राई लड्न पुगेका थिए । साथीहरुले लडेको ठाउँवाट राईलाई उठाएर कोठामा ल्याउदा ल्याउदै राईको मृत्यु भैसकेको थियो ।जिसिडि वल्र्ड वाइड प्रालिवाट रोजगारीको सिलसिलामा राई छ महिना अगाडि मात्रै मलेसिया आएका थिए ।
स्रोत :ओनलाइन खबर
