नदीमा डुबेर तीन जनाको मृत्यु
बरुण पनेरु, डडेल्धुरा, चैत १७- दार्चुलाको चमेलिया नदीमा डुबेर तीन जनाको मृत्यु भएको छ। गाँजरी-७, मा दुई महिला र एक बालकको नदीमा नुहाउने क्रममा मृत्यु भएको गोकुलेश्वर इलाका प्रहरी कार्यालयका हवल्दार कर्णबहादुर चन्दले बताए।
तीनै जनाको शब नदीभन्दा बाहिर निकालिसकेको छ। शवको सनाखत भने हुन सकेको छैन। घटना स्थलमा प्रहरी प्ररिचालन गरिएको छ। घटनाका बारेमा बिस्तृत बिवरण आउन बाँकी छ।
स्रोत :नागरिक न्युज