जीप खोँचमा खस्दा छ जनाको मृत्यु
काठमाडौँ, चैत १७ - सल्यानको श्रीनगर-खैरावाङ सडक खण्डमा रहेको भीरबाट आज बिहान एउटा जीप खोँचमा खस्दा छ जनाको मृत्यु भएको एभिन्युज टेलिभिजनले जनाएको छ।
मृतकहरुको सनाखत हुन बाँकी छ। प्रहरी नायब उपरीक्षक रामप्रकाश साहले छ वटा लाश निकालिएको र पाँच जनाको जीवित उद्धार गरेको जानकारी दिए। मर्नेमा चालकसहित छ जना रहेको उनले बताए। मृत्यु हुनेमा तीन महिला, दुई पुरुष र एक बालक रहेको उनले बताए। 'कच्ची सडकमा ठाडो भीर छ। गाडीले तान्न नसकेपछि सडकबाट करिब २ सय मिटर तल खोँचमा खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ', साहले टेलिभिजनलाई बताए।
स्रोत :नागरिक न्युज