बेलायतमा पहिलो पटक नारी दिवस सम्पन्न, महिलामाथिको विभेद अन्त्य गर्नुपर्नेमा जोड
धर्मराज अधिकारी,लण्डन चैत्र ७ -गैर आवासीय नेपाली संघ -एन आर एन युके)ले 'कनेक्टिङ गर्ल्स इन्स्पायरीङ फ्युचर' भन्ने नाराका साथ १०२ औ महिला दिवस भव्य रुपमा सम्पन्न गरेको छ । मदर्स डे का दिन आईतबार प्लस्टिडस्थित सेण्ट प्याटि्रक हलमा सम्पन्न महिला दिवस कार्यक्रममा करीब दर्ुइसय भन्दा बढि सहभागि भएका थिए । एन आर एन युकेकी सदस्य एवं महिला विभाग प्रमुख संगिता मरहठ्ठाको संयोजकत्वमा भएको सो कार्यक्रममा नेपाली दुतावास लण्डनकी उप नियोग प्रमुख अम्बिका मानन्धर लर्ुइंटेल, एन आर एन युकेका अध्यक्ष कुल आचार्य, युरोप कोअर्डिनेटर लक्ष्य गुरुङ, पर्ुव अध्यक्ष र्सर्ुय गुरुङ, समाजसेवी डा. राघव धिताल, श्रीमती डा. जनक धिताल, समाजसेवी नन्द कुमारी गुरुङ, देवी आले, एन आर एन युकेका पदाधिकारीहरु, सल्लाहकारहरु लगायत व्यवसायी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
एन आर एन युकेका अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै उपनियोग प्रमुख लर्ुइंटेलले नेपाली महिलाहरु सामाजिक, आर्थिक एवं मानसिक रुपमा पछाडी परेको बताइन । नेपालका दर्ुगम भेगमा रहेका महिलाहरुको अवस्था दयनीय रहेको स्पष्ट पार्दै उनले महिलामाथि पुरुषहरुको थिचोमिचो विकराल रहेको समेत जानकारी दिइन ।
कार्यक्रम संयोजक संगिता मरहट्ठाले एन आर एनको इतिहासमा पहिलो पटक सम्पन्न भएको नारी दिवस अत्यान्त सफल भएकोमा प्रशन्नता व्यक्त गरीन । उनले नेपालका दर्ुगम भेगमा रहेका नारीहरुको हितमा केहि गर्नुपर्छ भन्ने भावनाले कार्यक्रम गरीएको बताउंदै सहयोगीहरुप्रति आभार प्रकट गरेकी थिइन । एन आर एन युकेको सदस्यको नाताले आफु एन आर एनको हरेक गतिविधिमा महिला आवाज बुलन्द पार्न लागि पर्ने उनको बाचा थियो ।
सो अवसरमा एन आर एन युरोप को अर्डिनेटर लक्ष्य गुरुङ, समाजसेवीहरु डा. जनक धिताल, नेपलिज नर्सिङ एशोसियसनकी अध्यक्ष शान्ता संग्रौला, नन्द कुमारी गुरुङ, देवी आले लगायतले महिलाहरु आधा आकाश भएको चर्चा गर्दै महिलामाथिका सम्पर्ुण्ा विभेद अन्त्य गरी समुन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । नेपालमा महिलाहरुमाथि हुने विभेद कल्पना समेत गर्न नसकिने भएको बताउंदै उनीहरुले महिला शसक्तिकरण र उचित शिक्षाका लागि प्रवासमा रहेका महिलाहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्ष कुल आचार्यले महिलाहरुलाई जागरुक बनाउन एन आर एनले महिला दिवस मनाउने निर्ण्र्ाागरेको बताए । उनले बेलायतमा रहेका महिलाहरुलाई अझ शसक्त बनाउन एन आर एनले विशेष पहल गर्ने समेत जानकारी दिए ।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरीएको थियो । सांस्कृतिक कार्यक्रममा सितु खरेल, सिता पौडेल, ज्ञानेन्द्र गुरुङ, याम गुरुङ, निर्मला गुरुङ लगायतले विभिन्न गित गाए । त्यस्तै हमा श्रेष्ठले कविता वाचन गरेकी थिइन । सावित्री थापा, गंगा थापा, भवानी थापा, र लुकु थापाले नेपाल र बेलायतका नेपाली माझ चर्चा पाएको कौडा नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रममा सञ्चालीका उषा भट्टको तिखो जोक संगै स्थानीय कलाकारहरुले रोचक नृत्य प्रश्तुत गरेका थिए ।
एन आर एन युकेका कोअर्डिनेटर रामशरण सिंखडा र सञ्चारकर्मी उषा भट्टले सञ्चालन गरेको कार्यक्रमको सह संयोजन सुष्मा लिम्बुले गरेकी थिइन । सहभागिहरुले नेपाली खानासंगै डि जे तथा डान्समा रमाइलो गरी महिला दिवस मनाए ।