लिम्बुवान राज्य परिषद कोरिया शाखामा आर्थिक हिनामिना
मीन प्रकाश उप्रेती,कोरिया (सउल) चैत्र ७ - संघिय लोकतान्त्रिक लिम्बुवान राज्य परिषद कोरिया शाखामा आर्थिक अनियमितता भएको खुलासा भएको छ ।कोरिया शाखा परिषदका उपाध्क्षय लक्ष्मन राई ,सचिव नन्दु काबंङ्ग र सदस्य नगेन लिम्बुले संयुक्त सरुपमा सोमवार एक विज्ञप्ति प्रकाशित गरी युक्त कुराको खुलाशा गरेका हुन । उनी हरुले बिज्ञप्तिमा अगाडि भनेका छन् " गत मङ्सिर १० गते परिषदको बिराटनगरको आमसभाका लागि सङ्कलन गरिएको ६० हजार रुपया परिषदका कोरिया अध्क्षय नारद लिम्बुले हिनामिना गरेका कारण त्तकाल उक्त रकम सार्जनिक गर्न माग गर्दछैा " यसै गरी उनीहरूले आर्थिक सहयोग गर्नेहरुको नामावलि समेत लुकाई सहयोग दाताहरुको मनोबल गिराउने काम भएको भन्दै अभिलम्व सहयोग दाताहरुको नामावलि सार्वजनिक गर्न माग गरेका छन् ।