सार्वजनिक मालबाहक र यात्रुबाहक सवारी साधनको भाडामा वृद्धि
काठमाण्डौ चैत ७-सरकारले सबै रुटमा चल्ने सार्वजनिक मालबाहक र यात्रुबाहक सवारी साधनको भाडा बढाएको छ ।आज मंगलबारदेखि लागु हुनेगरी भाडा वृद्धिको निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । माघमा पेट्रोल र डिजेलको मुल्यवृद्धि भएकाले भाडा समायोजन गरिएको विभागले जनाएको छ ।विभागले ४.५४ देखि ८.१४ प्रतिशतसम्म भाडा बढाएको छ । ट्याक्सी चढ्नेले अब थप ८.१४ प्रतिशत भाडा तिर्नुपर्नेछ । बसमा ४.५४ प्रतिशत तथा तराइमा ट्रकमा ५.२६ प्रतिशत तथा पहाडका ट्रकमा ५.२९ प्रतिशत भाडा वृद्धि गरिएको हो ।
स्रोत :ओनलाइन खबर