युवाहरू विदेश जाने भिसा रद्द गरी तरकारी खेतीतर्फ
कृष्ण आचार्य,दैलेख चैत्र ७ - दैलेखको विकट गाउँ मेहेलतोलीका युवाहरु विदेशजाने भिसा रद्धगरी आफ्नै गाउँमा तरकारी खेती गर्न जुटेका छन् । वैदेशिक रोजगारका लागि खाडीका विभिन्न मुलुक जान भिसा लगाएका एक दर्जनभन्दा बढी युवाहरुले घरमै बसेर जागर चलाए पनी राम्म्रो आम्दानी हुने मेसो थाहा पाएपछि भिसा रद्धगरी तरकारी खेती गर्नतर्फ जुटेका हुन् । भिसा रद्द गरी तरकारी उत्पादनमा लागेका मेहेलतोली वडा नम्बर १ बाइसेराका प्रेमबहादुर खड्का बारीमा लटरम्म फलेका काउली, टमाटर, आलुलगायत ३१ जातका तरकारी देखेर दङ्ग पर्छन । त्यति मात्र होईन उनको परिवारको खर्च चल्नुका साथै मासिक १५ हजार भन्दा बढी बचत पनि भईरहेको छ ।
त्यस्तै फलफुल खेती गर्न जागर चलाइ रहेका वडा नम्बर ८ का जनकराज रेग्मी पनि आफूले लगाएका फलफुलका विरुवाले राम्म्रो आम्दानी दिनेमा ढुक्क छन । विदेश जाने सोच बनाएका आसपासका युवाहरु समेत आएर सल्लाह माग्ने गरेका खड्का बताउछन । उनले हजारौ सपना देखेर विदेश जाने तर निराश भएर फर्कने हरुको लागी तरकारी खेती उपयुक्त्त विकल्प हुने बताए । आफु संग सल्लाह माग्न आउने युवाहरुलाई विदेशी भुमिमा पसिना बगाउनु भन्दा गाउँमै मेहनत गरे नाम र दाम दुवै प्राप्त हुने सुझाब दिने गरेको उनको भनाइ छ । आफना गाउँका युवाहरुको उदारणिय कामको प्रशंसा गर्दै अरु युवाहरुले पनि यस्तै परिश्रम गरै गाउँको मुहार फेरिन समय नलाग्ने गाउकै विद्यालयमा पढाउने शिक्षक नन्द बहादुर खड्का बताउछन । उक्त्त गाउँमा हिजो आज गाउाबाट रोजगारीको शिलसिलामा भारत लगाईत खाडी मुलुकमा जाने युवाहरुको संख्यामा पनि कमि आएको छ ।
