परीक्षा हलमै छोरा र छोरी जन्मिए ,नाम राखे प्रबेश र प्रबेशिका
बालकृष्ण शर्मा /रुकुम
मंगलबारबाट शुरु भएको यस बर्षो एसएलसी प्रबेशिका परिक्षा दिईरहेका दर्ुइ जना परीक्षार्थीले परीक्षा हलमै बच्चा जन्माएकी छिन । पर्ुर्बी रुकुमकोे तकसेरा मा रहेको महेन्द्र उच्च माध्यामिक बिद्यालयमा शुरु भएको परिक्षा केन्द्रबाट रेखा र्घर्तीले छोरा जन्माएकी छिन भने हिमालय उच्च माध्यामीक नाइगाड प्वाङ परिक्षा केन्द्रबाट कबिता बिकले छोरी जन्माएकी हुन । प्रश्न पत्र बितरण गरे लगत्तै सुत्केरी ब्यथा लागेको रेखा र्घर्तीले केही समयमै छोरा जन्माएर परिक्षामा सहभागी भएकी थिइन । उनले परिक्षाका लागी थप एक घण्टाको समय दिइएको परीक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए । छोरी जन्माएकी कबिता बिकको भने स्वास्थ्य अबस्था कमजोर भएका कारण सहयोगीले परिक्षा दिएका छन । दुबै नबजात शिशु प्रबिशिका परिक्षाका हलमा जन्मिएकाले उनीहरुको नाम प्रबेश र प्रबेशिका नाम राखिएको छ । जिल्ला कारागार रुकुममा पनि दर्ुइ कैदी बन्दीहरुले परिक्षा दिएका छन । बन्दी बिशाल रावल र पर्ुण्ाबहादुर वलीले कारागारमै परिक्षा दिएको जिल्ला प्रहरी कार्यालयउ रुकुमका प्रहरी नायब उपरिक्षक किसनसिह थापाले बताए । परिक्षा केन्द्रमा अमर्यादित काम गरेको भन्दै चिट चोरने र चोराउने तीन जना बिद्यार्थी र तीन जना शिक्षकलाई निष्कासन गरिएको समेत थापाले बताए