गल्याङमा निःशुल्क आ“खा शिविर सम्पन्न
प्रकाश डोटेल
स्याङ्जा-१३, फागुन ।
लायन्स क्लव अफ गल्याङ सिटीको आयोजना र हिमालयन आ“खा अस्पताल पोखराको प्राविधिक सहयोगमा स्याङ्जाको गल्याङ बजारमा एक दिने निःशुल्क आ“खा शिविर सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोर्साईटी गल्याङ उपशाखाका सभापति प्रेमराज श्रेष्ठले आ“खा शिविरले सो क्षेत्रका धेरैभन्दा धेरै र्सवसाधारणले नया“ ज्योति पाउने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ गल्यार्ङर् इकाइका सभापति र्सर्ुयप्रसाद चापागाई, लायन्स क्लव अफ गल्याङ सिटीका कोषाध्यक्ष महेश भट्टर्राई, कार्यक्रम संयोजक शिवराज भण्डारी, लायन्स सदस्य लक्ष्मणप्रसाद भट्टर्राई, भानुभक्त आचार्य उच्च माविका प्राधानाध्यापक कृष्णप्रसाद न्यौपाने लगाएतले बोलेका थिए ।
शिविरमा तुलसी भन्ज्याङ, तीनदोवाटे, पकवादी, जगत्रदेवी, पेलाकोट, मालुङ्गा, पिढीखोला, सिर्सर्ेेेट गाविस तथा छिमेकी जिल्ला पाल्पाको हु“गी, पिपलडा“डा, सहितका गाविसबाट आएका पा“च सय ४९ आ“खाका रोगीहरुको उपचार तथा परीक्षण गरिएको थियो ।
शिविरमा आएकामध्ये १६ जनाको मोतिविन्दुको शल्यक्रिया गर्नका लागि हिमालयन आ“खा अस्पताल पोखरामा लगिने छ । शिविरमा तस्विरन मिया“को नेतृत्वमा आएको टोलीले सेवा दिएको थियो ।
लायन्स क्लव अफ गल्याङ सिटी अध्यक्ष श्यामप्रसाद वस्यालको सभपतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भेमलाल अर्यालले गरेका थिए ।