|

दुबईको जाविल पार्कमा स्याङ्जा सहयोग समाज यूएई को वनभोज कार्यक्रम




लालबहादुर ढेंगा, दुबई,
 हरेक शुक्रबारका दिन यूएईमा नेपालीहरुको आ-आफ्नै प्रकारका चहल पहल हुने गर्दछन् । हप्ताको ६ दिनपछि आउने र्सार्वजनिक बिदा शुक्रबारे दिनलाई नेपालीहरुको लागि अति उपयोगी र रमाइला दिनको रुपमा लिन सकिन्छ । यस्तैगरी गत २४ फेब्रुअरी शुक्रबारका दिन पनि दर्ुबईको जाविल पार्कमा माडलको तालसंगै नेपाली लोक भाकाका गीतहरु गुंजिरहेको थियो ।
स्याङ्जा सहयोग समाज यूएईको आयोजनामा भएको वनभोज कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, महिला र पत्रकारहरुले शोभा बढाएको थियो भने वनभोजको कार्यक्रमलाई अध्यक्ष भूपति न्यौपानेले समाल्नु भएको थियो । महासचिव भुपुराज बस्यालले कार्यक्रमलाई संचालन गर्दै आफ्नो कार्यकुशलता पर्ूवक कार्यक्रमलाई अझै मंनोरञ्जनात्मक गराउनमा पनि ठूलो भूमिका खेलेको थियो ।
दर्ुबईको सफा र मनमोहक पार्कको हरियो घासमा बसेर माडलको तालमा ताल मिलाउदै "आंधी खोला उर्लेर आयो, आउने थिएन मायाले बोलायो,, बोलको गीतमा गाउंदै नाचेको दृश्यले हर्ेर्ने दर्शकहरुको मनमा पनि नाच्नलाई कम खुलदुली तुल्याएको थिएन । यस्तैगरी विभिन्न लोक दोहोरी गीत र संगीतले वनभोज कार्यक्रमलाई सुनमा सुगन्ध थपेको थियो । माडलको तालमा थपडी र गीतको बोलमा हल्का गीत गाउंदै सबैले साथ दिएको व्यापक हर्ेन सकिन्थ्यो ।
आफ्नो देश नेपालमा राजनीति र भ्रष्टाचारको चपेटामा परि वेरोजगारीको अवस्थाबाट वैदेशिक रोजगारीमा बिदेशिएका नेपालीहरुले विदेशको भूमिमा पनि चयनको सास र शान्ति मैसुस गरेको हुन्छ । एकआपसमा भाईचारा र सहयोगको भावना राख्दै आफ्नो कला र संस्कृतिको उत्थान गरेको पनि पाईन्छ ।
सो अवसरमा आफ्नो मन्तव्यको क्रममा अध्यक्ष भूपति न्यौपानेले सम्पर्ूण्ा उपस्थित दर्शकहरुलाई धन्यवाद दिनु भएको थियो भने नेपाली समाज यर्ुर्एइका अध्यक्ष कृष्ण ढकालले बेला बेलामा विभिन्न कार्यक्रम गर्दै सबैलाई समेट्नमा सफल भएको भन्दै शुभकामना समेत दिनु भयो । योगेन्द्र थापाले मन्तव्यकै क्रममा स्थापनाकालदेखि नै यस संस्थाले विभिन्न खाले कार्यक्रमद्धारा सम्पर्ूण्ा नेपालीहरुलाई एकजुट गर्दै भाईचारा र सहयोगको आदानप्रदान गरेको बताउनु भयो । आफ्नो मन्तव्य राख्नेहरुमा मानबहादुर थापा, चन्द्र रोकाह, गोपाल कंडेल, उत्तम अधिकारी, लोक सुवेदी र यमलाल शर्मा पंगेनी रहेका थिए ।  
 
   

Posted by Anonymous on 6:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईको जाविल पार्कमा स्याङ्जा सहयोग समाज यूएई को वनभोज कार्यक्रम"

Leave a reply