|

चर्पि वनाउन दलहरुको क्षेत्र विभाजन



गोविन्द खड्का
फागुन १६ हलवार दाङ
शौचालय वनाउने काम झण्डै ५० वटा मात्रै वाँकि रहेकोले त्यसलाई पुरा गर्न हलवारका राजनैतिक दलहरुले सोमवार गाविसमा भएको गाविस सरसफाई तथा स्वच्छता समन्वय समितिको वैठक वाट कार्य क्षेत्र वाँडेका छन् ।
खुला दिसा मुक्त क्षेत्र घोषणहुन वाँकि रहेका वडानं. १ मा एकिकृत नेकपा माओवादिका किरण डाँगिले जिम्मा लिएका छन् । भने २ नं.मा नेपाली कांग्रेशका छन्द वहादुर जिसीले सम्हालेका छन् । ४ नं. राप्रपाका यमलाल पार्धे राप्रपा नेपालका शारादा आचार्य, ५ न.ं मा राजमोका शुक्र भण्डारीे, ६ न.ंमा जनशक्तिका मान प्रसाद भुसाल, मालेका हिमलाल चौधरी, ७ नं.मा एमालेका तेजेन्द्र डाँगिले विशेष जिम्मा लिने भएका छन् ।
केहि अटेर गर्नेहरु, आर्थिक अवस्था कमजोरहुनेहरु, सहयोगको अपेक्षा गरेका, नयाँ घर वनाउदै गरेका, लगाएत विभिन्न समस्यामा रहेकाले शौचालय वनाउन नसकेको समिक्षा वैठकमा रिपोर्ट आए पछि दलको कार्यविभाजन गरीएको हो । गाविस सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं सचिव शालिकराम पराजुलिका अनुशार फाल्गुन मसान्त सम्म गाविसलाई खुलादिसा गरी सक्ने लक्ष्य राखिएको छ ।  वडानंर ३, ८ र ९ यस अघिनै खुलादिसा मुक्त क्षेत्र घोषणा भईसकेका छन् । २१ सय २८ घरधुरी भएको गाविसमा ५० वाहेक सवै घरमा शौचालय वनि प्रयोगमा आईसकेको समितिले जनकारी दिएको छ ।

Posted by Anonymous on 6:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चर्पि वनाउन दलहरुको क्षेत्र विभाजन"

Leave a reply