प्राविधिक ज्ञान अभावमा कफी बोटमै सुके
प्रकाश डोटेल
स्याङ्जा-१५, फागुन ।
कफीका लागि उत्कृष्ट जिल्लाका रुपमा लिने गरिएको स्याङ्जाका ग्रामिण भेगमा आवश्यक प्राविधिक ज्ञान अभावले उत्पादीत कफी पनि बोटमै सुकेर जान थालेका छन् । मौसम अनुसारको बोट संरक्षण, बोटमा फलेका फलको व्यवस्थापन जस्ता ज्ञानको अभावले वर्षोनी हजारौं रुपै“या पर्ने कफी खेर गैरहेको हो ।
स्याङ्जाको कुवाकोट गाविस-८, बेलडा“डाका स्थानीय कृषक माधवप्रसाद भण्डारीको घरमा विगत पा“च बर्षेखि उत्पादीत कफी तयारीको आवश्यक ज्ञान अभावले नष्ट भइरहेको छ । कृषक भण्डारीले भन,- 'घरमा बनाएर प्रयोग पनि सकिन्छ रे - तर कसरी बनाउने थाहा छैन् अनि बजारमा लैजान कस्तो अवस्थामा लानर्ुपर्छ त्यो पनि पत्तो छैन् ।
कफीको निकासीका लागि तयारीको ज्ञान अभाव एकातिर छ भने, ग्रामिण भेगमा नियमित यातायात लगायतका समस्याले कफी कृषकहरु मर्कामा परेको स्थानीय युवा कृषक विष्णुप्रसाद भण्डारीले बताए । उनले भने, कफी त लगाइएको छ, निकासीका बारेमा कुनै जानकारी छैन् ।
यसैबीच स्याङ्जामा कफी खेतीको पर््रवर्द्धन तथा ब्यापार गर्दै आइरहेका कृषकहरुले संस्था जिल्ला कफी ब्यवसायी संघले जिल्लाका एकादर्ुइ स्थानमा कृषकहरुमा यस्तो समस्या रहेको छ । कृषकहरुले उत्पादन गरेको कफी संघलेे खरिद बिक्री गर्दै आएको र कुनैपनि कृषकले चाहेमा अब बजारको समस्या भोग्न नपर्ने संघले दावी गरेको छ ।
जिल्लामा करिब तीन हजार कृषकहरु कफी खेतीमा लागेका छन् । कफी खेती गर्ने कृषकहरु मध्ये करिब १० प्रतिशत कृषकहरुलाई आवश्यक ज्ञान छैन् । व्यवसायीक खेती नगर्दा यस्तो समस्या आएको जिल्ला कफी व्यवसायी संघका अध्यक्ष फणीनारायण अर्यालले बताए ।
उत्पादीत कफीका लागि स्याङ्जा सदरमुकाम वालिङ्, गल्याङ् लगायतका स्थानमा संकलन केन्द्र छन् । कृषकले जुनसुकै बेला संकलन केन्द्रमा लगेर बेच्न सक्ने जानकारी दि“दै संघका कार्यालय सचिब माया तिवारीले भनिन्, 'किसान सक्रिय भएमा बजारको अभाव पटक्कै छैन् । कृषकहरुले संकलन केन्द्रमा पुर्याए मात्रै संकलन केन्द्रले खरिद गर्दछ ।'
जिल्ला कफी ब्यवसाय संघले कृषकहरुको समस्यालाई ध्यानमा राखि कफी टिपेको २४ घण्टाभित्र ५० प्रति केजी तथा सुकेको ८० प्रतिकेजीका दरले खरिद गरि निर्यात गर्दै आइरहेको छ । कफी पाकेपछि टिपेको २४ घण्टाभित्र प्रसोधन केन्द्रमा लगिसक्नुपर्ने छ संघका अनुसार अन्यथा कफी गुणस्तरीय हुदैन् ।