'शान्ति प्रक्रिया अघि नबढे १० दिनमा राजीनामा'
काठमाडौ, श्रावण १६ - प्रधानमन्त्री झलनाथ खनालले दस दिनभित्र शान्ति प्रक्रियामा ठोस उपलब्धि हुन नसके राजीनामा दिने प्रमुख प्रतिपक्ष कांग्रेसका नेताहरूसँग बताएका छन् । त्यसका लागि माओवादीलाई आफूले दस दिनको 'अल्टिमेटमु दिने तयारी गरेको जानकारी गराउँदै प्रधानमन्त्री खनालले राजीनामाको माग राखेर व्यवस्थापिका संसद् अवरुद्ध नगर्न आग्रह गरे ।
कांग्रेस सभापति सुशील कोइराला निवासमा आइतबार बिहान भएको भेटमा प्रधानमन्त्री खनालले लडाकुको मापदण्ड, मोडालिटी, तह र संख्यामा सहमति जनाई दस दिनभित्र समायोजन र पुनःस्थापनाको शिविरमा पुनर्वर्गीकरण कार्य सुरु गर्ने गरी अल्टिमेटम दिन लागेको बताएका थिए ।
ुदस दिनभित्र रिग्रुपिङ कार्य सुरु गर्ने गरी माओवादीलाई अल्टिमेटम दिन्छु, माओवादीले मान्यो र शान्ति प्रक्रियामा उपलब्धि भएमा तपाईंहरूले त्यही ढंगले मूल्यांकन गर्नुहोला, भएन भने म राजीनामा दिन्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको हो,' वार्तामा सँगै रहेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने । कांग्रेसले शान्ति प्रक्रिया ठोस रूपमा अघि नबढेसम्म पाँचबुँदे कार्यान्वयन गराउन व्यवस्थापिकामा भइरहेको अवरोध कायमै राख्ने बताएको थियो ।
ुहामीले तपाईंको अल्टिमेटम पनि हेर्छौ, माओवादीले प्रस्ताव गरेका मन्त्रीहरूलाई शपथ खुवाउनु हुन्छरहुँदैन त्यो पनि हेर्छौं तर तपाईंले भनेका कार्य ठोस रूपमा अघि नबढेसम्म पाँचबुँदे कार्यान्वयन गराउने हामीले लिँदै आएको 'स्टाडन्टु कायमै रहन्छ भनेर प्रस्ट राखेका छाै,' पौडेलले भने- 'यथास्थिति रहुञ्जेलसम्म अहिलेको अडान रहन्छ ।'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले कांग्रेसका नेताहरूसँग शान्ति प्रक्रिया, संविधान निर्माण र चक्रीय प्रणालीका आधारमा सहमतीय सरकार बनाउने विषयमा छलफल भएको जानकारी गराए । 'प्रधानमन्त्रीले शान्ति प्रक्रियामा आठ/दस दिनभित्र ठोस कार्यतालिकासहित अघि बढ्न माओवादीलाई भन्नुभएको छ । यो अवधिमा परिणाम
देखिने गरी काम हुनुपर्छ भन्ने अडानसमेत प्रधानमन्त्रीको छ,' थापाले भने, 'शान्ति प्रक्रिया अघि बढाउन नसकेकामा राजीनामा दिन तयार रहेको कुरा भन्दै आउनुभएकै हो ।'
प्रधानमन्त्रीसँग कांग्रेसले माओवादीको दबाबमा मन्त्रीहरूलाई शपथ नखुवाउनसमेत आग्रह गरेका थिए । शान्ति प्रक्रियामा यथास्थितिमा राखेर मन्त्रिमण्डल पुनर्गठन गरेको खण्डमा
त्यसले सहमतीय वातावरण नै कमजोर हुने कांग्रेस नेताहरूको तर्क थियो । प्रधानमन्त्री पनि
शान्ति प्रक्रियामा केही पूर्वाधार खडा नगरी शपथ खुवाउने मुढमा नरहनुभएको थापाले बताए । 'पूर्वाधार बन्यो भने मात्रै राजमार्गमा गाडी दौडिन सक्छ,' थापाले भने, 'शान्ति प्रक्रियामा
अघि बढ्ने पूर्वाधार बन्यो भने मात्रै शपथ हुन्छ ।' शान्ति प्रक्रिया ठोस रूपमा अघि बढेमा प्रधानमन्त्रीको राजीनामाको माग राखेर अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसद्को बैठक
सुचारु गर्न सकिने संकेत कांग्रेसले दिएको छ । प्रधानमन्त्रीले भने अहिलको संसद् अवरोध संसदीय पद्धतिको विरुद्ध रहेको र यसले आफ्नो राजीनामालाई बाध्य बनाउन नसक्ने धारणा
राख्दै तत्काल सुचारु गर्न आग्रह गरेका थिए । 'संसद् अवरोध पाँचबुँदे सहमतिविपरीत पनि छ । यसलाई रोकेर सहमतिको वातावरण बनाऔं,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस
सल्लाहकार थापाले भने, 'संसद् अवरुद्ध गरेर नैतिकताको पर्खाल खडा हुन सक्दैन, यसले सहमतिको वातावरण पनि बन्न सक्दैन भनेर प्रधानमन्त्रीले कांग्रेस नेताहरूसँग कुरा राख्नुभएको
छ ।'
प्रधानमन्त्री खनालले कांग्रेसका तीन शीर्ष नेताहरूसँग शनिबार पनि विस्तृत छलफल गरेका थिए । कांग्रेस नेताहरूले अघिल्लो दिनको भेटमा पनि शान्ति प्रक्रिया र लोकतान्त्रिक
संविधान निर्माण नै आफ्नो पार्टीको प्राथमिकता रहेको र अहिले पनि त्यसैमा कायम रहेको कांग्रेस नेताहरूले बताएका थिए । 'शान्ति प्रक्रिया ठोस रूपमा अघि बढेमा सरकार हाम्रो
प्राथमिकता हुँदैन,' कांग्रेस नेता पौडेलले भने, 'तर ठोस रूपमा अघि नबढेसम्म हामी आफ्नो अडान भने छाड्ने अवस्थामा छैनौं ।'
साभार:कान्तिपुर