नेपालको चौथो जित
काठमाडौ, श्रावण २१ - नेपाल युवा विश्वकप क्रिकेटमा छनोट हुने संघारमा पुगेको छ । यू-१९ विश्वकप छनोटमा चौथो जित आत्मसात् गर्न नेपालले शुक्रबार नामिबियालाई ८ रनले हरायो ।
जितसँगै नेपालले अभ्यास खेलमा बेहोरेको हारको बदला पनि लियो ।
छमध्ये चारमा जित हात पारेको नेपालको छनोट सम्भावना अब एक जित अथवा अरू प्रतिद्वन्द्वी टिमको प्रदर्शनमा निर्भर छ । नेपालले राउन्ड रोविन लिगको सातौं खेलमा आयोजक आयरल्यान्डको सामना गर्ने
छ । लिग तालिकामा नेपाल तेस्रो स्थानमा कायम रहेको
छ । पाँचमा जित हात पारेका आयरल्यान्ड र स्कटल्यान्ड पहिलो र दोस्रो स्थानमा छन् ।
अत्यन्त रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १७ रन बनायो । प्रत्युत्तरमा नामिबिया नौ विकेट क्षतिमा २ सय ९ रनमा सीमित भयो । नामिबियाले ४३-५ बाट खेलमा र्फकंदै नेपाललाई दरिलो चुनौती दियो । उसका इरासमसले सर्वाधिक ६३ रनको योगदान दिए । नेपालका कृष्ण कार्कीले ३ तथा अविनाश कर्णले दुई विकेट लिए ।
विश्वकपमा यसअघि नेपाल र नामिबिया तीनपल्ट भिडेका छन् । सबैमा नेपालले सफलता हात पारेको थियो ।
सुवास खकुरेल र सागर पुनले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । चोटका कारण अघिल्लो खेल गुमाएका सुवासले २० औं ओभरमा आउट हुनुअघि पाँच चौका मदतले ३९ रन बनाए ।
सुवासलाई राम्रो साथ दिएका सागर पुन टिमले ९० रन बनाउँदा आउट हुन पुगे । उनले ३३ रन बनाए । त्यसलगत्तै चार रन जोड्दा थप दुई विकेट गुमाएपछि नेपाली टिम केही दबाबमा देखियो । फजरुल रहमानको स्थानमा टिममा परेका सुवेन्दु पाण्डे तीन रनमा पेभेलियन फर्के भने कप्तान पृथु बाँस्कोटाले खाता खोल्न सकेनन् ।
तर तेस्रो क्रममा ब्याटिङ गर्न आएका नरेश बुढाऐरले पाँचौं विकेटका लागि प्रदीप ऐरीसँग ७९ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
प्रदीपले ३३ रनको योगदान गरे भने प्रतियोगितामा दोस्रो अर्द्धशतक प्रहार गरेका नरेशले ८२ बलमा एक छक्का र एक चौका मदतले ५१ रन जोडे । नेपालका कृष्ण कार्कीले ८ तथा भुवन कार्कीले ९ रन जोेडे । टिमले ३४ अतिरिक्त रन पायो । नामिबियाका क्रिस्टोफर कोम्बेले उत्कृष्ट बलिङ गर्दै ६ विकेट हात पारे । उनी 'म्यान अफ द म्याच' बने । कोम्बेले टिमका लागि ३० रन पनि जोडे ।
साभार:कान्तिपुर