एमालेमा तीव्र असन्तुष्टि
काठमाडौ, श्रावण १६ - माओवादी मन्त्रीहरूको शपथ गराउने प्रधानमन्त्री झलनाथ खनालको घोषणाप्रति एमाले शीर्ष नेताहरूले असन्तुष्टि जनाएका छन् । पाँचबुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बेलामा मन्त्रिमण्डल पुनर्गठनले झन् असमझदारी सिर्जना हुने भन्दै एमाले नेताहरूले प्रधानमन्त्रीलाई त्यस्तो नगर्न सल्लाह दिँदै आएका थिए ।
स्थायी समिति बैठकले पनि पाँचबुँदे प्रभावित गर्ने खालका कुनै निर्णय नगर्न अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई निर्देश गरेको थियो । तर आइतबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री खनालले 'मन्त्रीहरू राख्नेरहटाउने प्रधानमन्त्रीको विशेष अधिकार भएको' बताएपछि नेताहरू असन्तुष्ट बनेका हुन् ।
विराटनगर पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधामन्त्रीको अधिकारको कुरा गरेर बन्न लागेको सहमतिको वातावरण बिथोल्न नहुने बताएका छन् ।
महासचिव ईश्वर पोखरेलले दलीय पद्घतिविपरीत अभ्यास गर्न थालिएको टिप्पणी गरेका छन् । 'दलीय व्यवस्थामा प्रधानमन्त्री, मन्त्री, नेता-कार्यकर्ता सबैले पार्टीका निर्णय, धारणा बोकेर
हिँड्नुपर्छ,' उनले कान्तिपुरसँग भने, 'तर प्रधानमन्त्री, मन्त्री वा कुनै राजनीतिक नियुक्ति पाएको बेला आफ्नो अधिकारको मात्र कुरा गरेर अघि बढ्न खोज्नु दलीय चरित्रविपरीत हो ।'
माओवादीले धेरै प्रतिबद्घता गरे पनि त्यसको कार्यान्वयन नभएको भन्दै उनले अहिले पनि प्रतिबद्घताकै आधारमा मन्त्रीहरू शपथ गराउने निष्कर्षमा पुग्नु गलत भएको बताए ।
माओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीभित्रको अगुल्टो राष्ट्रिय राजनीतिमा झोस्न खोजेको पोखरेलको आरोप थियो । अझै पनि राजनीतिक ध्रुवीकरणको गर्ने अतिवादी सोच अनुसार
अघि बढ्ने प्रयास भइरहेको उनले बताए । निर्णय पालन नभएका र सुझावभन्दा विपरीत गरिने निर्णयहरूबारे पार्टीका औपचारिक निकायमा छलफल हुने उनले जानकारी दिए ।
एमालेमा मंगलबार स्थायी समितिमा माओवादीको मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे छलफल भएको थियो । उपाध्यक्ष वामदेव गौतमले शपथ पनि गराउने र प्रधानमन्त्रीबाट पनि तत्काल
राजीनामा दिनुपर्ने कुरा उठाएका थिए । माओवादीसँग पछि पनि सहकार्य गर्नुपर्ने भएकाले शपथ गराएर उसलाई विश्वासमा लिनुपर्ने धारणा राखेका थिए । तर अन्य नेताहरूले
माओवादी मन्त्रीहरूको शपथले झन् वातावरण बिगार्ने भन्दै अन्य दलहरूसँगको सहमति लिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सबैको सहमतिमा पाँचबुँदे प्रतिकूल
हुनेगरी कुनै काम नगर्ने र वार्ता समितिले छलफल अघि बढाउने निर्णय स्थायी समितिले गरेको थियो ।
उक्त निर्णयअनुसार माओवादीका नेताहरूसँग एमाले वार्ता टोलीले पटक-पटक छलफल गरेको थियो । छलफलमा उनीहरूले तत्काल यस्तो काम गर्न नहुने भन्दै माओवादी नेतालाई सम्झाउन खोजेका थिए । शुक्रबार पनि एमाले नेताहरूले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गरी शपथले वातावरण बिगार्ने भन्दै सहमतिलाई नै प्राथमिकता दिनुपर्नेमा जोड
दिएका थिए । त्यसमा प्रधानमन्त्री पनि एकमत थिए । तर आइतबार माओवादीको आश्वासनका आधारमा आफूहरूसँग परामर्श नगरी प्रधानमन्त्री अघि बढ्न खोजेकामा एमाले नेताहरूअसन्तुष्ट बनेका हुन् ।
साभार:कान्तिपुर