प्रमले राजीनामा नदिएसम्म कांग्रेसले संसद चल्न दिँदैनः सभापति कोइराला
माधव ढुङ्गेल, काठमाडौँ, साउन १६- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पाँच बूँदे सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा नदिएसम्म संसदमा अवरोध जारी रहने बताएका छन्। पाँच बूँदे सहमति पत्रकार सरोकार समितिसँग आफ्नै निवास महाराजगन्जमा भेट्दै कोइरालाले भने- 'सहमति अनुसार तत्काल राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्न खोजिरहेका छन्, त्यो गलत हो।' संविधान सभाको म्याद सकिन एक महिना अवधि बाँकी छँदा उनले भने, 'शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा अवरोध आउनुको मुख्य कारण माओवादी हो।'
माओवादीप्रति निकै आक्रोशित देखिएका कोइरालाले माओवादीले जे भन्छ त्यो नगर्ने र जे गर्दैन त्यही भन्दै हिँड्ने बताए।
साभार :नागरिक न्यूज
माओवादीप्रति निकै आक्रोशित देखिएका कोइरालाले माओवादीले जे भन्छ त्यो नगर्ने र जे गर्दैन त्यही भन्दै हिँड्ने बताए।
साभार :नागरिक न्यूज