सात वर्षिया बालिका बलतकृत
कृष्ण आचार्य ,भाद्र ४-दैलेख सदरमुकाम नजिकै गोगनपानी भन्ने ठााउमा आज दिउासो चार वजे ७ वर्षिया बालिका बलतकृत भएकी छन् । नारायण नगरपालिका एक मा बस्ने केशब केशीले सात वर्षिया बालिका बलत्कार गरेको प्रहरीले जनाएको छ । जबरजस्ती बलत्कार गरीरहेको अबस्थामा के.सी. लाई स्थानीय युवाहरुको सहयोगमा प्रहरीले प्रक्राउ गरेको छ । बालिका बलतकृत भएपछि स्थानीय वासिन्दाहरुले दोषिलाई कडा भन्दा कडा कारवाहिको माग गर्दै नारावाजि गरिरहेका छन् । स्थानीय वासिन्दाले नारावाजि गरी जिल्ला प्रहरी कार्यालय अगाडि चर्काे प्रदर्शन गरेपछि म्क्ए दिपक वस्नेतले दोषिलाई कडा भन्दा कडा कारवाहि गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । बलत्कृत बालिकाको शरिर भरी निलडाम र रगत वगिरहेको अवस्थामा जिल्ला अस्पताल दैलेखमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।