भृकुटी बैंकको शाखा पाल्पामा
मुक्तिप्रसाद न्यौपाने,भाद्र ४, पाल्पा- भृकुटी डेभलपमेन्ट बैंकले पाल्पाको आर्यभञ्याङ्गमा शाखा विस्तार गरि कारोबार सुरु गरेको छ । ग्रामीण भेगमा सेवा विस्तार गर्ने लक्ष्यका साथ बैंङकिङ सेवालाई प्रभावकारी बनाउन सेवा विस्तार गरिएको बैङकका कम्पनि सचिव युवराज पाठकले बताए । उनले बैङकलाई राष्ट्रियस्तरको बैङकका रुपान्तरण गर्न ग्रामीण भेगमा सेवा विस्तार गरिएको र यस्ता कार्यलाई तिव्र गतिका साथ अगाडि बढाइने पाठकले बताए ।
’कपिलवस्तु, गोरुसिङ्गे, वालिङ र गुल्मीको तम्घासमा सेवा विस्तार गरेको बैंकको यो १७ औं शाखा हो । सेवा श’रुको पहिलो दिनमानै १ सय ग्राहकले ३० लाख भन्दा बढ़ीले निक्षेप संकलन गरेको बैंकले जनाएको छ ।