|

स्याससको रापाकोट इकाई गठन



दोहा- स्याङ्गजा सहयोग समाज -स्यासस) को मातहतमा  रहनेगरी रापाकोट इकाइ समिति गठन गरिएको छ ।  सनैया ५१ नम्वर स्थित एक क्याम्पमा नारायण प्रसाद काफ्लेको अध्यक्षता तथा स्याससका अध्यक्ष टुकराज अर्यालको प्रमुख आथित्यमा सो इकाइ गठन गरिएको हो ।
नवगठित ११ सदस्यीय इकाई समितिमा अध्यक्ष नारायण प्रसाद काफ्ले छन् भने उपाध्यक्षर् धमदत्त काफ्ले, सचिव देवी प्रसाद काफ्ले, सहसचिव विष्णु पौडेल, कोषाध्यक्ष सन्तोष कुमार काफ्ले रहेका छन् । सदस्यहरुमा हेम शर्मा चापागार्ँइ, लोकेन्द्र पौडेल, राजकुमार काफ्ले, टंक प्रसाद काफ्ले, ज्ञान बहादुर र्घर्ति र डिल्लीराम काफ्ले छन् । सो समिति गठनको अगुवाई मोहन काफ्लेले गरेका थिए ।
कार्यक्रम सभापति नारायण प्रसाद काफ्लेले कृतज्ञता मन्तब्य राख्दै रापाकोटले जुझारु भई काम गर्ने र स्याससका हरेक क्रियाकलापमा सहभागि भई सक्रिय भुमिका र्निवाह गर्ने वचनबद्धता प्रकट गरे । स्याससका अध्यक्ष अर्यालले विशुद्घ सामाजिक सेवाको भावना लिएर रापाकोट इकाइ समिति गठन गरेकोमा खुशी प्रकट गर्दै स्याससको पृष्ठभुमि स्पष्ट पारे । समाजका काम, कर्तव्य र दायित्ववारे उनले अवगत गराए । भातृत्वको विकास र सामाजिक क्षेत्रमा एकजुट भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउदै सफल सामाजिक कार्यका लागि शुभकामना पनि उनले दिएका छन् ।
सो अवसरमा रापाकोटका सन्तोष कुमार काफ्लेले स्वागत मन्तव्य राखे भने कार्यक्रम देवी प्रसाद काफ्लेले संचालन गरे । स्याससका केन्द्रिय सदस्य घनश्याम पराजुली तथा बेद पाठकले शुभकामना मन्तब्यमा स्याससका हरेक सामाजिक कार्यमा सहकार्य गर्दै अगाडि बढ्दा रापाकोट इकाइले गर्ने हरेक क्रियाकलापमा र्समर्थन र सहयोग गर्ने बताए ।

Posted by Anonymous on 6:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याससको रापाकोट इकाई गठन"

Leave a reply