यूएईका प्रथम राजदूत थापालाई विदाई तथा सम्मान

नेपाली समाजको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा, नेपाली जनप्रगतिशिल मञ्च यूएई,नेपाली प्रवाशी संघ यूएई,प्रगतिशिल यातायात मजदुर मञ्च यूएई, नेपाली जनसम्पर्क समिति यूएई, लुम्बिनी वेलफेयर सोसाइटी यूएई, स्याङ्जा सहयोग समाज यूएई, गोरखा सहयोग समाज यूएई, नेपाली युथ सोसाइटी यूएई , फेवा फोर्स यूयई, बाग्लुङ सेवा समाज यूएई, नेपाली युथ सोसाइटी यूएई, नेपाली महिला समिति यूएई, धादिङ वेलफयर सोसाइटी यूएई लगायतका विभिन्न संघसंस्थाले संयुक्त रूपमा राजदूत महामहिम थापालाई विदाई तथा सम्मान गरेका थिए ।
नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, नेपाली जनसम्पर्क समिति यूएई र नेपाली जन प्रगतिशिल मञ्च यूएईले सम्मान पत्र समेत प्रदान गरेका थिए भने सहभागी भिभिन्न संघसंस्थाहरूले खादा, दोसल्ला ओढाएर सम्मान गरेका थिए। नेपालको राष्ट्रिय गानका साथ सुरु गरिएको उक्त कार्यक्रममा एनआरएन एनसीसी यूएईका महासचिव सन्तोष प्रसाईले उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि महामहिम राजदूत अर्जुनबहादुर थापा रहनु भएको थियो भने विशेष अतिथिमा दूतावासका नियोग उपप्रमुख दिपकराज अधिकारी, द्वितिय सचिव लोकबहादुर थापा, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपूर्व सहसंयोजक लोकनाथ सुबेदी रहनुभएको थियो ।
नेपाली समाजका अध्यक्ष कृष्णबहादुर ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली समाजका महासचिव प्रकाश कोइरालाले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमका अन्य अतिथिहरूमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बिमल तामाङ, कोअप्टेट सदस्य चुडामणी ढकाल, मिडिया टाक्सफोर्सका सदस्य खेमनाथ पौडेल, युवा टाक्सफोर्सका सदस्य गुणराज आचार्य, गैर आवासीय नेपाली संघ यूयईका अध्यक्ष चन्द्रबहादुर रोकाहा, नेपाली समाजका संस्थापक तथा सल्लाहकार, गैर आवासीय नेपाली संघका भूपू मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा, नेपाली समाजका सल्लाहकार एवं भूपू अध्यक्ष यम तमु, नेपाली समाजका पार्षद अध्यक्ष तुलसी तामाङ, नेपाल पत्रकार महासंघ यूयईका अध्यक्ष शंकर ज्ञवाली, आदिवासी जनजाती महासंघका कार्यबाहक अध्यक्ष महेश मोक्तान, नेपाली प्रवाशी संघ यूयईका अध्यक्ष यमलाल पंगेनी, नेपाली जन प्रगतिशिल मञ्च यूयईका अध्यक्ष उत्तम अधिकारी, नेपाली जनसम्पर्क समिति यूयईका उपाध्यक्ष खेमराज बस्नेत, लुम्बिनी वेलफेयर सोसाइटी यूयईका अध्यक्ष डिएल शर्मा, किराँत यक्थुम चुम्लुङ्ग यूयईका अध्यक्ष पिएस लिम्बु, शेर्पा किदुक यूयईका अध्यक्ष पासाङ रिन्जिन शेर्पा, तमु समाज यूयईका अध्यक्ष डेरराज गुरुङ, स्याङ्जा सहयोग समाज यूयईका अध्यक्ष भुपती न्यौपाने, फेवा फोर्सका अध्यक्ष गुप्तशेखर पौडेल, नेपाली महिला समितिका महासचिव शावित्री यम्सी, गल्फ टुडेका पत्रकार इमरान मोजिब र नेपाल समाचार पाक्षिकका सम्पादक लालबहादुर ढेंगा आदी, रहनु भएको थियो । भिभिन्न संघसंस्थाहरूले विदाईका शुभकामना मन्तव्य राखेका थिए ।
.jpg)
दुबईमा नै समस्या बढी भएकाले दूतावासबाट मोबाइल कन्सुलर सर्विस उपलब्ध गराउनु हुन अनुरोध गर्दै महामहिम ज्यू यूएईका समस्याहरूबारे जानकारी राख्नु भएकाले उहाँले नेपाल सरकारको पोलिसी मेकिंगमा नै वैदेशिक रोजगारमा जाने नेपालीलाई पर्न जाने समस्याका समाधानका लागि विशेष पहल गर्नु हुने छ भन्ने विश्वास राख्दै विदाई मन्व्य दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत अर्जुन बहादुर ज्यूले आफ्ना कार्यकालमा चाहदाँ चाहदै पनि कसैलाई सेवा प्रदान गर्न नसकेको भए र कुनै गल्ती भएमा माफी दिनुहुन अनुरोध गर्दै आफुले नेपालमा रहेर पनि यूयईमा पर्न जाने नेपालीका समस्या समाधानका लागि नेपाल सरकार र यूयईमा रहेका नेपाली डायस्पोराको विचमा पुलको रूपमा सहयोग गर्नका तत्पर रहेको बताउँनु भयो । दुबईमा नै नेपालीहरूका समस्या बढी भएकाले नेपाल सरकारसँग नेपाली कन्सुलेट खोल्नका लागि तथा यूयईका नेपालीहरूको माग र आवश्यकताको बारेमा नेपाल सरकार समक्ष बोध गराउने प्रतिबद्धता जनाउनु भयो ।
.jpg)
यूएईमा समस्यामा परेका नेपालीलाई उद्दार गर्ने कार्यमा दूतावासबाट यथासक्य सहयोग गर्नु भएकोमा दूतावासलाई धन्यवाद दिदैं १ लाख ५० हजार नेपालीका लागि दूतावासमा कार्यरत पाँच जना कर्मचारीले पुर्याउनु भएको सहयोग सह्रानीय रहेको बताउनु भयो ।
