ट्याक्टर दुर्घटनामा परी २५ जना घाइते
दैलेख, माघ १५ - निर्माणाधिन मध्यपहाडी राजमार्गको सात्तला खण्डमा ट्याक्टर दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सात्तलाबाट कर्णाली राजमार्गमा पर्ने डाबतर्फ जाँदै गरेको लु१त ८४१५ नम्बरको ट्याक्टर सालु भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेकामध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको स्थानीयबासी वीरबहादुर नेपालीले जानकारी दिए । गम्भिर घाइते हुनेहरुमा सात्तला-४ का दीर्घ विक, लक्ष्मण विक, गंगा विक र बीरबहादुर विक रहेका छन् ।
ट्याक्टर स्वस्तिक एण्ड रोजिन टर्पेन्टाइन कम्पनीको रहेको स्थानीयले बताए । ओभरलोडका कारण दुर्घटना भएको स्थानीयको अनुमान छ । कम्पनीले त्यस क्षेत्रमा खोटो संकलन कार्य गरिरहेको छ । पाल्तडास्थित प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरीले बताएको छ ।
स्रोत :कान्तिपुर