|

चितवनका निजि बिद्यालय आज देखि सञ्चालनमा आउने

भरतपुर, माघ १५ - नीजि बिद्यालय संगठन प्याब्सन चितवन र आन्दोलनरत नीजि बिद्यालय शिक्षक संगठन (ईष्टु) बीच शनिबार तीन बुँदे सहमति भएपछि बन्द चितवनका निजि बिद्यालय आज देखि सञ्चालनमा आउने भएका छन् । जिल्ला शिक्षा कार्यालय चितवनमा शनिबार बेलुका अबेरसम्म बसेको सरोकारवालाको संयुक्त बैठकले ३ बुंदे सहमति जुटाएको थियो । इष्टुको आन्दोलनका कारण बिद्यालय लगातार ३ दिन देखि बन्द थियो । 
जस अनुसार गत मंशिरमा प्याब्सन चितवन र नीजि बिद्यालय शिक्षक संगठन (ईष्टु) बिच भएकै सहमतिको आधारमा बढाईएको शिक्षकको तलब फागुन ४ गते भित्रमा भुक्तानी गरिसक्ने , निजि बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थिबाट शैक्षिक शत्र २०६९ का लागि लिईने शुल्क सबै पक्षको सहयोगमा माघ मशान्त भित्रमा निर्धारण गरिसक्ने र ईष्टुले गरेका सम्पूर्ण बिरोधका कार्यक्रम स्थगित गर्ने सहमति भएको प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले बताए ।

बैठक जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको रोहबर र नेपाल संस्थागत बिद्यालय अभिभावक संघ चितवनका अध्यक्ष राजेन्द्र प्रसाद न्यौपानेको संयोजकत्वमा बसेको थियो । बिभिन्न माग राखि ईष्टुले निजि बिद्यालय बन्द गराउदा जिल्लाका निजि बिद्यालयमा अध्ययनरत ५१ हजार ७ सय ४८ बिद्यार्थी मारमा परेका थिए ।
                                                                                                                                           स्रोत :कान्तिपुर

Posted by Butwalonline on 8:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितवनका निजि बिद्यालय आज देखि सञ्चालनमा आउने"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु