|

मिनी ट्रक पल्टिँदा एकको मृत्यु ५ घाइते

रोल्पा, माघ १५ - पूर्वी रोल्पाको सिर्पमा आइतबार मिनी ट्रक पल्टिँदा एकको मृत्यु भएको छ । दुर्घनामा परी ५ घाइते भएका छन् ।

सुलीचौरबाट सिर्पतिर गइरहेको उक्त ट्रक सडक मुनि खस्दा सिर्प ८ का युवा यामबहादुर खड्काको मृत्यु भएको हो । दुर्घटनामा सिर्प निबासी रोशनी जीसी, पार्वती खड्का, देवीकला जीसी, साउने परियार र बडाचौरका प्रेम विक सामान्य घाइते भएका हुन् ।

सिर्पमा ब्रिटिस वेलफेरद्वारा निर्माणाधीन खानेपानी योजनाका लागि सामान लैजाने क्रममा उक्त ट्रक खसेको हो । प्रहरीका अनुसार ट्रकको ब्रेरक फेल भएर दुर्घटना भएको हो । सिर्प निबासी युवा सागर पुनका अनुसार घाइतेहरुलाई सुलीचौर स्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
                                                                                                                                                   स्रोत :कान्तिपुर

Posted by Butwalonline on 2:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मिनी ट्रक पल्टिँदा एकको मृत्यु ५ घाइते"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु