बुटवलमा सर्वाधिक धनराशिको मदनभण्डारी फुटवल प्रतियोगिता हुने
विनोद परियार,बुटवल ८ कात्तिक । राजधानी बाहिर बुटवलमा पहिलो पटक सर्वाधिक धनराशिको फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
मदन भण्डारी स्पोटर््स एकेडेमी रुपन्देहीको आयोजनामा यहि कात्तिक १८ देखि मंसिर ३ गतेसम्म ‘मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०६८’ हुने भएको हो ।
बुटवल —१२ स्थित रामनगर खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा विजेताले १ लाख ६५ हजार नगद शील्ड तथा उप विजेताले १ लाख नगद प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोल कर्ताले जनही ५/५ हजार नगद मेडल र प्रमाण—पत्र पाउने अध्यक्ष धुव्र आचार्यले बताउनुभयो । राजधानी बाहिर अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि रहेको स्थानिय सहित राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता रहने आयोजकले जनाएका छन् । १६ लाख ५० हजार ६ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता अवलोकनका लागि ३०,६० र एक सय रुपैयाँको टिकटदर कायम गरिएको छ । महिला,अपाङ र बृद्ध दर्शकहरुलाई भने निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।
१६ दिनसम्म संचालन हुने प्रतियोगितामा अहिलेसम्म १६ समुहले नाम दर्ता गराएको खेल संयोजक नन्दु काउचा मगरले जानकारी दिनुभयो ।