दिदी-भाइको मेलसंगै
यो पाली नि तिहार आयो,दिदिभाइको मेलसंगै
मिठामिठा खानेकुरा, काँक्रो अचार सेल संगै
कोहि होलान रोटे पिङमा,कोहि जुवा खालमा
आफ्नो आफ्नो मन पर्ने,रमाइलो खेल संगै
कोहि बस चढेहोलान,सक्ने जहाज उड़ेहोलान
हर्के पनि फर्के होला,गोरखपुरको रेलसंगै
आँगनीमा मखमली ,झलमल दीपावली
चामल पनि कुटेहोलान,पेलेहोलान तेलसंगै
न आएनी जाती हुन्थ्यो,परदेशीलाई चाडपर्व
आफ्नो भने जीवन बित्यो,सधै आँशु भेलसंगै
विष्णुकुमार गिरी,हाल जापान २०११/१०/१९
मिठामिठा खानेकुरा, काँक्रो अचार सेल संगै
कोहि होलान रोटे पिङमा,कोहि जुवा खालमा
आफ्नो आफ्नो मन पर्ने,रमाइलो खेल संगै
कोहि बस चढेहोलान,सक्ने जहाज उड़ेहोलान
हर्के पनि फर्के होला,गोरखपुरको रेलसंगै
आँगनीमा मखमली ,झलमल दीपावली
चामल पनि कुटेहोलान,पेलेहोलान तेलसंगै
न आएनी जाती हुन्थ्यो,परदेशीलाई चाडपर्व
आफ्नो भने जीवन बित्यो,सधै आँशु भेलसंगै
विष्णुकुमार गिरी,हाल जापान २०११/१०/१९