|

सवारी दुर्घटनामा एक बालिका सहित तीनको मृत्यु

९ कात्तिक, नवलपरासी। नवलपरासी र झापामा गएराति भएका दुई बेग्लाबेग्लै सवारी दुर्घटनामा एक बालिकासहित तीनजनाको ज्यान गएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासमा गएराति भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुम्कीबास-५ पश्मिचमबाट पूर्वतर्फ आउँदै गरेको बा१ख २९३८ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६ प २७१० नमबरको मोटरसाईकलले राति १० बजेको समयमा ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा मोटरसाईकल चालक स्थानीय ३७ वर्षीय नरबहादुर विक र उनकी छोरी ६ वर्षीया एलिनाको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका विक बाबुछोरीको कावासोतीस्थित काली गण्डकी अस्पतालमा पचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

उता झापाको लखनपुरमा यात्रु बसको ठक्करबाट गएराति एक रिक्सा मजदुरको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार स्थानीय ४० वर्षीय जयनारायण राशवंशीको बसको ठक्करबाट ज्यान गएको हो । रिक्सा चलाईरहेका राशवंशीलाई राति ८ बजेको समयमा पूर्वतिर गइरहेको ना३ख ३६६२ नम्बरको बसले ठक्करदिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
स्रोत :ओनलाइन खबर 

Posted by Butwalonline on 8:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सवारी दुर्घटनामा एक बालिका सहित तीनको मृत्यु"

Leave a reply