पण्डित बाजेको आफूभन्दा लामो टुप्पी
तस्विर :- मुक्तिप्रसाद न्यौपान/बुटवल अनलाइन |
पाल्पा, २२ भदौ
हिन्दु परम्परामा अनुसार ब्राह्मणजातीले चुडाकर्म गरेपछि जनै लगाउने र टुप्पी पाल्ने गर्नुपर्छ । परम्परा हराउँदै र नयाँ mेसन भित्रदै गरेको आजको समयमा यहाँका एक जना ब्राह्मणको टुप्पी आफ्नो उचाई भन्दा पनि ३० सेन्टीमिटर भन्दा लामो छ ।
पाल्पा जिल्लाको खानीगाउँ गाउँ विकास समिति वडा नंं १ चण्डीस्थानमा २००१ सालमा जन्मिनुएका ५ फिट ३ इन्च उचाईका डाँसुराम घिमिरेले आफ्नो उचाई भन्दा एक हात
लामो टुप्पी पाल्दै आएकाछन् । उनले भुईमा लत्रिने गरि टुप्पी पालेकाछन् ।
६७ वर्षीय घिमिरेले हिन्दु धर्मानुसार टुप्पी पाल्दा आयु बुद्धि र बलको बुद्धि हुने भएकोले आफू जान्ने बुझ्ने भएदेखि नै टुप्पी पाल्दै आएको बताउँछन् । कर्मकाण्ड विषयमा पण्डितको काम गर्दै आएका घिमिरेले मेरो टुप्पी सुरुमा देख्नेहरुले आश्चर्यमा पर्ने गरेपनि मैले यसको महत्व र फाइदाबारे जानकारी दिएपछि सबैजनाले टुप्पी पाल्नु राम्रै रहेछ भन्ने कुरा राम्ररी आत्मसात गर्ने गरेका छन् भन्छन् ।
आजकल केटाकेटीहरुले कपाल पालेर हिड्छन् तर मैले टुप्पी पाले उनले अगाडि भन्छन् यो टुप्पी म बाचुञ्जेल काट्दिन । आफू गाउँ गाउँमा पूजा पाठ गराउन जाँदा या कोही आफन्तको घरमा जाँदा समेत मेरो टुप्पी देखेपछि सबैले दंग परेर हेर्ने गर्दछन्, घिमिरेले भन्छन् ।
पण्डित बा को टुप्पी भुईमा ः आफूभन्दा एक हात लामो टुप्पी पालेका खानीगाउँ गाविस पाल्पाका ६७ वर्षीय डाँसुराम घिमिरे, हिन्दु धर्मका अनुसार टुप्पी पाल्दा आयु बढ्छ भन्ने विश्वास छ ।
