|

ढुवानी व्यवस्थापन प्रणालीतर्फ व्यवसायी

तस्विर :- मुक्तिप्रसाद न्यौपान/बुटवल अनलाइन
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, २२ भदौ
नेपाल ट्रक टं्याङ्कर तथा परिवहन व्यवसायी महासंघ नेपालले सामान ढुवानीको क्षेत्रलाई व्यवस्थित पार्न र आवद्ध व्यवसायी मजदुरहरुको पेशागत सुरक्षा र पारदर्शीताका लागि ढुवानी व्यवस्थापन प्रणाली शुरु गर्ने भएको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायि समिति गुल्मीले पाल्पाको जोरधारामा भेला गरि नेपाल सरकारले तोकेको भाडा दरमा गाडीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि प्रणाली शुरु गर्न लागेको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल यातायात व्यवसायि समितिका अध्यक्ष लोकराज पोखरेलले यस प्रणलीमा ढुवानी गर्दा नेपाल सरकारले तोकेको भाडादर भन्दा कम नै रहने र पारदर्शी भाडादर कायम गर्ने उद्देश्य ले यहि भदौ २३ गतेदेखि कार्ड वितरण गरि २५ गतेदेखि प्रणाली लागु गरिने बताए ।
कार्यक्रममा बोल्दै गुल्मी सेक्टरका उपाध्यक्ष प्रेमप्रसाद पाण्डेले पाल्पा, गुल्मी, स्याङ्जा, कास्की र बाग्लुङ्गका करीब १६ सय ट्रक समितिमा दर्ता रहेको र यिनिहरु बिचको समन्वयमा पारदर्शी भाडादर प्रणालीको कार्ड पश्चिम क्षेत्रका व्यवसायिले बुटवलबाट लिन सक्ने जानकारी दिएका थिए । कार्ड लिएर प्रत्येक सवारीहरुले ४ दिनमा १ ट्रिपको आधारमा प्रत्येक महिनामा बढीमा ७ ट्रिपमात्र लोड गर्न पाउने व्यवस्था महासंघले गरेको छ । महासंघमा ४० हजार ट्रक दर्ता रहेकाछन् ।

Posted by Journalist Mukti on 12:17 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ढुवानी व्यवस्थापन प्रणालीतर्फ व्यवसायी"

Leave a reply