बुद्ध एअरको जहाज दुर्घटनामा परि १९ जना यात्रुको मृत्यु
त्रिभुवन विमानस्थलबाट बिहान करिब ७ बजेतिर माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनास्थलमा १८ जनाको शव भेट्टिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ। जीवित उद्धार गरिएका ३६ वर्षीय निराजन कर्माचार्यको पनि मृत्यु भएको छ। बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्। दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र विशङ्खुनारायण मन्दिरबाट एक किलोमिटर उत्तरपूर्वमा पर्छ। विमानमा चालक दलका ३ सदस्य र १६ यात्रु थिए। अधिकांश यात्रुको बुकिङ लोसार ट्राभल्सबाट गरिएको थियो। विमानस्थल स्रोतका अनुसार जहाजमा ८ यात्रु भारतको तमिलनाडु निवासी र ६ युरोपेली देशका थिए। २ जना नेपाली यात्रु थिए भने तीन जना चालक दलका सदस्य थिए।
ललितपुरका एसपी भोगबहादुर थापाले एक व्यक्तिलाई जीवितै उद्धार गरेको जानकारी सञ्चारकर्मीहरुलाई दिएका छन्।
विमानस्थल स्रोतका अनुसार नाइन एन- एइके कल साइन रहेको १९०० डी बीचक्राफ्टलाई क्याप्टेन जेबी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए। जहाजमा अस्मिता श्रेष्ठ एअर होस्टेस थिइन्।
स्रोत :नागरिक न्युज

so sad. jahile pani dashin ko bela ma yesto dukha ko kura sunnu parcha .jahi le pani dashin ko bela ma plane crash huncha.pakkai pani musa ta thiyena hola plane mA............HEARTLY CONDOLENCO TO ALL DEAD PASSENGER...