दरवारको पून निर्माणको कार्य तिव्र गतिमा

शान्ति तथा पूनर्निमाण मन्त्रालयद्धारा प्राप्त ४ करोड ९२ लाख रुपैयाामा पूननिर्माण भएको दरबार कोढे काठ र इट्टाबाट बन्न लागेको हो भने पाको इट्टा पिसेर चुना मिसाइ निर्माण गरिएको सुर्की लगाइ निर्मित यस दरबारमा ध्वस्त हुनु पूर्व प्रमुख जिल्ला अधिकारीको निवास सहित एक दर्जन सरकारी कार्यालयले आफ्नो दैनिक प्रशासनिक कार्य सञ्चालन गर्दै आएका थिए ।
दरबारलार्य आवश्यक पर्ने काठ ठूला ठूला साइजको भएको र अत्यन्त कमै पाइने काठ नेपालको पश्चिमी जिल्लाबाट ल्याउनु पर्दा काठको कारणले गर्दा ०६७ आषाढ मसान्तमा निर्माण कार्य पुरा गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । ४ करोड ९२ लाख रुपैयाा टेनडर प्रक्रियाबाट पूर्ननिर्माण हुन लागेको दरबार ऐतिहासिक, पुरातात्वीक दृष्टिकोणबाट महत्वपूर्ण र सरकारी कार्यालयहरुले दैनिक कार्य सम्पादन गर्नलाइृ विगतमा अत्यन्त सहज भएपनि पूननिर्माण पश्चात् सरकारी कार्यालयलाई पुन स्थापना गर्ने वा दरबारलाईृ संग्राहालय बनाउने विषयमा स्थानीय प्रशासन, राजनैतिक पार्टीका स्थानीय प्रतिनिधी बिच समन्वय हुन नसक्दा भावी योजना अलपत्र छ ।
दरबार परिसरमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, राष्ट्रीय अनुसन्धान, कोष तथा लेखा नियन्त्रक, मालपोत, भूमिसुधार, सरकारी वकिलको कार्यालय सहित प्रमुख जिल्ला अधिकारीको निवास समेत रहेको थियो । २००७ सालको राजनैतिक परिवर्तन पछि लामो समयसम्म सरकार संरक्षित दरबारमा २०१५ साल देखि सरकारी अड्डा तात्कालिन स्वर्गीय राजा महेनद्रको मैखिक आदेशबाट राखीएको थियो ।

पुरानो स्वरुप पुरानै शैलीमा निर्मित दरबार प्रशाशनकि कार्यका लागि उपयुक्त नहुने र यसलाई राष्ट्रिय महत्वका साथमा सङग्राहालय बनाउुपर्ने राजनैतकि दलहरको भनाइ रहेको छ । प्रशासनिक कार्य सञ्चालनका लागी कोठा सााघुरा सुविधा विहिन हुादा कार्य सम्पादनका लागी कठीन कुने हुादा अन्यत्र सारीनु पर्दछ भन्ने यहााका प्रशासकहरुको भनाइ रहेको छ ।
फोटो फिचर: पुरानै स्वरुप र शैलीमा पूनर्निमाण भैरहेको ऐतिहासिक पाल्पा दरबारमा काम गर्दै मजदूरहरु । ६७ कोठा भएको दरबार २०६२ साल माघ १८ गते तात्कालीन विद्रोही नेकपा माओवादीद्धारा तानसेन आक्रमणका क्रममा ध्वस्त भएको थियो । तस्वीर: मुक्तिप्रसाद न्यौपाने/आर्थिक अभियान