|

स्याङ्गजाली सहयोग समाज यूएईको वार्षिक कार्यक्रम सम्पन्न(फोटो फिचरसहित)


भुपराज बस्याल,यूएई-दुवई पुस २६। गत   शुक्रवार दुवई स्थित एभरेष्ट होटलमा  स्याङ्गजा सहयोग समाजको बार्षिक उत्सव विविध सास्कृतिक कार्यक्रमका साथ भब्यताका साथ सम्पन्न भयो ।
नेपाली राजदूतावासका नियोग उप प्रमुख दिपक अधिकारीको प्रमुख आथ्त्यिमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका सभापति भुपति न्यौपानेले गरेका थिए । उपस्थित प्रमुख अतिथि तथा सभापतिले केक काटेर कार्यक्रमको उद्धघाटन गरिएको उक्त कार्यक्रममा स्याम गुरुङ्ग निश्चल, छविकिरण भट्टराई लेखनाथ न्यौपानेको सास्कृतिक टोलीले स्वागत गितद्धारा तथा संस्थाका उपाधयक्ष एकेन्द्र थापाले मन्तब्यद्धारा उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए ।

दुई चरणमा विभाजित उक्त कार्यक्रम पहिलो चरणमा संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न संस्थाका उपस्थित अतिथिहरुले मन्तब्यमा संस्थालाई सुभकामना दिदै भावी दिनहरुमा विदेशमा मात्र नभएर आफ्नो जिल्लाको विकाश निर्माणमा समेत प्रवासबाट सहयोग गर्न अनुरोध गरेका थिए ।


किन हुन्छौ ठुली, हराउदा खोजीदिने मैहुनी तिम्रो नाकको फुली, गितको भाकासंगै दोश्रो चरणको सास्कृतिक कार्यक्रम सुरुवात गरिएको थियो । उक्त गितमा लेखनाथ न्यौपाने लाई छविकिरण भट्टराईले साथ थिएका थिए । छिनको छिनैमा भेट भो मायां के भनी बोलाउ म पहिलो दिनमा पार्वती गुरुङ्ग, सम्झना गुरुङ्ग ओम प्रकाश भट्टराई तथा साथीहरुको प्रत्यक्ष दोहोरीले सबैलाई नचाएको थियो भने भर्खरै बजारमा खुशी एल्वम निकालेकी रेखा घिमिरेले कोहीत होला यो भिडमा मायाा गर्ने पक्कै तथा मेरो खुशी गरी दुई वटा गित गाएकी थिईन् ।


गत हप्ता तमु ल्होसारमा एउटा खुट्टाले मात्र नृत्य तथा गित प्रस्तुत गरी प्रवासी नेपालीहरुको वाहा वाहा पाएकी अञ्जना गुरुङ्गले गैरी खेतको शिरै हाल्यो गितमा नृत्य गर्दा दर्शकहरु वसीरहेको कुर्सीबाट उठेर उनको नृत्यको भिडियो लिन ठेलाम्ठेल गरेका थिए । उनको नृत्यले उक्त कार्यक्रममा पनि सबैलाई प्रभावित पारेको थियो । छविकिरण भट्टराईले संचालन गरेको सास्कृतिक कार्यक्रममा उनी आफैले पनि ३ वटा गित प्रस्तुत गरेका थिए ।
 कार्यक्रमको अन्त्यतिर प्रवासका बद्री पगेनीले परिचित गोपि पगेनीले जिम्मलबाको आगानीमा नारान पुजा लाको, फुलमायाको हातबाट नैवेद खान पाको, गित गाउादा दर्शकहरु लगायत अतिथिहरु समेतले कम्मर मर्काई मर्काई नाचेका थिए । हावै चल्यो सरर डााडैको वर, मायाालुको सरर रुमालै फरर अर्को पश्चिमेली कौरा भाकाको गितमा पुरुषहरुको साथमा महिलाहरुको पनि बेजोड नृत्यले सबैलाई नचाएको थियो । तारा वहादुर गुरुङ्ग, स्याम गुरुङ्ग, निश्चल, आदीले गित तथा नृत्य प्रस्तुत गरेका थिए । पहिलो चरणको कार्यक्रम राजु पाण्डे तथा भुपराज वस्याल तथा दोश्रो चरणको कार्यक्रम छविकिरण भट्टराईले सञ्चालन गरेका थिए ।

रोजीरोटीकोलागि प्रवासीएका स्याङ्गजा जिल्लाका विभिन्न क्षेत्रका नेपालीहरु लगायत अन्य स्थानका प्रवासी नेपालीहरुको वाक्लो उपस्थित रहेको उक्त वार्षिक कार्यक्रम दिउस ३ बजे देखी बेलुका ७ बजे सम्म चलेको थियो ।


Posted by Butwalonline on 7:38 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याङ्गजाली सहयोग समाज यूएईको वार्षिक कार्यक्रम सम्पन्न(फोटो फिचरसहित)"

Leave a reply