|

तलव बृद्धि लागू हुनुपर्ने माग राख्दै तेस्रो दिन पनि चितवनका निजी विद्यालय बन्द

भरतपुर, माघ १३ - सम्झौता अनुसार तलव बृद्धि नगरेको बिरोधमा चितवनका निजी विद्यालयमा कार्यरत शिक्षकले शुक्रबार तेस्रो दिन पनि पठनपाठन ठप्प बनाएका छन् ।

तलव बृद्धि लागू हुनुपर्ने माग राख्दै संस्थागत विद्यालय शिक्षक संगठन (इष्टु) ले अनिश्चितकालिन बिद्यालय बन्द आव्हान गरेको हो । पठनपाठन बन्दको मारमा नीजि बिद्यालयमा अध्ययनरत जिल्लाका ५१ हजार ७ सय ४८ बिद्यार्थी परेका छन् । विरोधमा शिक्षकले बुधबार र बिहबार दिउसो जिल्ला शिक्षा कार्यालयमा धर्ना दिए । शिक्षक धर्नाका कारण कार्यालयको कामकाज प्रभावित बनेको थियो । शिक्षकले माग पुरा नहुन्जेल आन्दोलन जारी राख्ने घोषणा गरेका छन ।

कात्तिक १५ गते निजी बिद्यालय संगठन (प्याब्सन) जिल्लाले शिक्षा कार्यालयको रोहबरमा मंसिर १ गते बाट निजि विद्यालयका शिक्षकलाई सरकारी सेवा सुविधा सरह तलब बृद्धि गर्ने सहमती गरेको थियो । सहमती कागजमा सिमति भएपछि शिक्षक विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् ।

शुल्क बृद्धिका लागि अनुगमन समिति खटाउने तयारी गरेको प्याव्सन जिल्ला अध्यक्ष बेलबहादुर गुरुङले बताए । ‘शुल्क बृद्धि नगरी तलव बढाउन सक्ने अवस्था छैन,’ उनले भने,‘ शुल्क बृद्धिको गृहकार्यमा रहेका बेला आन्दोलन भयो ।’ उनले शिक्षकसित भएको सहमति स्विकार गर्दै शुल्क निर्धारण समितीले गरेको सिफरिसका आधारमा शुल्क बढाइने बताए ।

प्याव्सनले शिक्षकको तलव सरकारी सरह बनाउने सहमति गरेको आन्दोलनरत संस्थाको दावी छ । सहमति पालना नभए पछी बाध्य भएर आन्दोलन थाल्नु परेको इष्टु जिल्ला अध्यक्ष केशव राज पाठकले जानकारी दिए । ‘बिद्यालय बन्द हाम्रो रहर होइन, बाध्यता हो ।’ उनले भने,‘चाडो माग सुनुवाइ नभएर कडा संघर्षमा उत्रने छौ ।’ उनले वन्दका कारण चलिरहेको टेष्ट परिक्षा अवरोध नपुगेको जानकारी दिए ।

शिक्षा कार्यालयका अनुसार सरकारी तलवमान अनुसार प्राथमिक तहमा १४, निमाबिमा १५ र माबि शिक्षकलाई १८ हजार मासिक तलव उपलब्ध गराउनुपर्ने हुन्छ । चितवनमा १ सय ६२ नीजि बिद्यँलयमा करिब ३ हजार शिक्षक कार्यरत छन् ।
                                                                                                                                                 स्रोत कान्तिपुर

Posted by Butwalonline on 9:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तलव बृद्धि लागू हुनुपर्ने माग राख्दै तेस्रो दिन पनि चितवनका निजी विद्यालय बन्द"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु