पेस्ता बदाम स्वास्थ्यका लागि लाभदायक
काठमाडौ, पुस १६ - ड्राई फ्रुटसका रूपमा उपयोग गरिने पेस्ता बदाम एउटा राम्रो स्न्याक्स मात्र नभई स्वास्थ्यका लागि समेत लाभदायक छ । एक अध्ययनअनुसार यसको नियमित सेवनले शरीरमा कार्बोहाइड्रेटको मात्रालाई नियन्त्रित गरेर रगतमा चिनीको स्तरलाई घटाउँछ ।
टोरन्टो विश्वविद्यालयमा गरिएको अध्ययनअनुसार पेस्ता बदामलाई कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थसँग खानाले शरीरमा कार्बोहाइड्रेटका अधिकता पुग्दैन जसले गर्दा रगतमा चिनीको मात्रा बढ्दैन । अनुसन्धानअनुसार पेस्ताको सेवनले मधुमेह रोगलाई नियन्त्रण गर्छ ।
उक्त अध्ययनअनुसार मधुमेहको उपचार र बचाउका लागि चिनीको मात्रा नियन्त्रण राख्नु आवश्यक छ । सामान्यतः रगतमा चिनीको स्तर कार्बोहाइड्रेटको अधिकताले बढ्छ । पेस्ताको सेवनले भने शरीरमा काब्ार्ाेहाइड्रेटको मात्रालाई बढ्न नदिई रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने अध्ययनले जनाएको छ ।
यस्तै, उक्त अध्ययनबाट नै पेस्ताले भोकलाई उत्तेजित गर्ने हार्मोनलाई नियन्त्रण गर्नेसमेत पाइएको छ । यसले लामो समयसम्म मधुमेहबाट बचाउ सम्भव छ । अत्यधिक भोजन गर्न शरीरमा कार्बोहाइड्रेटको मात्रामा वृद्घ िहुन्छ जसलाई मधुमेहको प्रमुख कारण मानिन्छ ।
यस्तै अन्य अनुसन्धानहरुको अनुसार दिनहुँ पेस्ता खानाले फोक्सो र क्यान्सर हुने सम्भावना न्यून रहन्छ । अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चका अनुसार यसमा गामा टोकेफेरोल पाइने गरिएको छ । यति मात्र नभई यो कोलेस्ट्रोल घटाउन र मानव शरीरलाई एन्टि आक्सिडेन्टसमेत उपलब्ध गराउँछ । यसको एन्टिअक्सिडेन्टले उमेरसँगै वृद्घ िहुने दुष्प्रभावलाई कम गर्न सहायक हुन्छ ।
विशेषज्ञहरुका अनुसार सय ग्राम पेस्तामा १९ दशमलव ३ ग्राम प्रोटिन, १४ मिलिग्राम आइरन र एक सय ४० मिलिग्राम क्याल्सियम हुन्छ ।
आइरन स्वसन प्रक्रियालाई दुरुस्त गर्ने शरीरमा ऊर्जा दिनुका साथै रक्तकोषिका निर्माणमा समेत सघाउँछ ।
पेस्तामा बोसोको प्रचुरताले कोलेस्ट्रेल सन्तुलनमा सहायता मिल्छ । यसलाई लो ग्लाइकेमिक्स फुडको श्रेणीमा राखिएको छ । आठवटा आवश्यक पोषक तत्त्व समावेश भएको पेस्तालाई
'एन्टिआक्सडेन्ट स्नेक नट' का रूपमा जानिन्छ ।
यसमा भिटामिन बी-६, रेसा पर्याप्त मात्रामा हुनेका साथै क्यालोरीसमेत कम हुन्छ । पेस्ताले ब्लड लिपिडको स्तर समेत सन्तुलित हुन्छ ।
साभार :कान्तिपुर